काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षा आगामी भदौ १ गतेबाट गर्ने भएकोछ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षाको तालिका संसोधन गर्दै भदौ १ गतेबाट हुने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने जनाएको छ । पूरक परीक्षा अन्र्तगत भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ ।
यस्तै भदौ २ गते गैह्र नेपाली विद्यार्थीहरुका लागि अंग्रेजी विषयको परीक्षा निर्धारण गरिएको बोर्डले जनाएकोछ । एसईई पूरक परीक्षा अन्र्तगत भदौ ३ गते अनिवार्य गणित र भदौ ४ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन हुने बोर्डको संशोधित तालिकामा उल्लेख छ ।
यसैगरी भदौ ५ गते प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्केटिङ, इन्जिनियरिङ ड्रइङ्ग, कम्प्युटर रिपेयर एण्ड मेन्टेनेन्स र बेसिक म्युजिक विषयको परीक्षा हुने छ ।
भदौ ११ गते सम्म सञ्चालन हुने पूरक परीक्षाको संसोधित तालिकामा भदौ ६ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषाको परीक्षा हुनेछ भने भदौ ६ गते नै प्राविधिकतर्फ अक्वाकल्चर एण्ड फिसरिज, इलेक्ट्रिकल मेजरमेण्ट एण्ड इन्स्टुमेन्ट, कम्प्युटर नेटवर्क, इन्जिनियरिङ सर्भे र म्युजिक अफ नेपालको परीक्षा हुने छ ।
बोर्डले यसपटक भदौ ७ गते शनिबारको दिन पनि परीक्षा तोकेकोछ । सो दिन ऐच्छिक प्रथमका सबै विषयहरु र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुने बोर्डले जनाएको छ ।
यस्तै भदौ ८ गतेदेखि ११ गतेसम्म प्राविधिकतर्फका अन्य विषयहरुको परीक्षा निर्धारण गरिएको छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक (ग्रेड वृद्धि) परीक्षामा सहभागी हुन पाउने छन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा