‘बहुउद्देश्यीय सभागृह’ निर्माणको सपना तुहियो
नेपालगन्ज :‘बहुउद्देश्यीय सभागृह’ निर्माणको मुद्दा अघि सारेर नेपालगन्ज उद्योग वाणिज्य संघले हरेक बर्ष महोत्सव आयोजना गर्दै आएको छ ।
संघका पूर्वअध्यक्ष दामोदर आचार्यको कार्यकालदेखि नियमित महोत्सव चलिरहेका छन् । तर, महोत्सवमा संकललित रकमको अहिलेस्म्म कुनै लेखाजोखा छैन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघले सभागृहका नाममा संकलित करोडौ हिनामिना गरेको अनुमान गर्न सकिन्छ ।
नेपालगन्ज बहुउदेश्यीय सभागृह निर्माण गर्ने सपना तुहिएको छ । सभागृहका लागि नेपालगन्ज उद्योग वाणिज्य संघलाई उपलब्ध गराएको सडक डिभिजन परिसको जग्गा सम्झौता खारेज भएको छ ।
सम्झौता खारेजी भएसँगै सभागृह निर्माणको सपना तुहिएको हो । संघले सुरुमा ३० बर्ष र पछि २० बर्षगरि ५० बर्षका लागि जग्गा लिजमा लिएको थियो । तर, लिजको भाँडा नतिरेको भन्दै भौतिक पूर्वाधार मन्त्रालयले लिज सम्झौता खारेज गरेको शहरी विकास मन्त्री राई बताउँछन् ।
तीनलाख २५ हजार भाडा तिर्न बाँकी रहेको छ । उक्त रकम तिर्नेतर्फ नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैंश्य उदासिन देखिएका छन् ।
महोत्सवको हिसाबकिताब समेत पारदर्शी रुपमा सार्वजनिक गर्न नसकेका अध्यक्ष बैश्यले सम्झौताअनुसार भाडामा पनि अनियमितता गरेको हुनसक्ने नेपालगन्जबासीले आशंका गर्दै आएका छन् ।
बहुउदेश्यीय सभागृह निर्माणका लागि सडक डिभिजन परिसको जग्गा संघसँग भएको ‘लिज’ सम्झौता तोडिएको शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले जानकारी दिए ।
सरकारले यसबर्ष एकअर्ब बजेट विनियोजन गरेको थियो । तर, अब सम्झौता नै तोडिएपछि जबेट स्वतः फिर्ता हुनेछ । अहिलेसम्म संघले सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै यसअघि ५ वटा महोत्सव सम्पन्न गरिसकेको छ । बहुउद्देश्यीय सभागृह निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र नक्सा तयार भइसकेको बैश्यले दाबी गर्दै आएका थिए ।
यता नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष बैश्यले यस बिषयमा आधिकारीक पत्र नआएको बताएका छन् । उनले आफूले बजारमा हल्ला सुनेपनि आधकारीक खबर नआउदाँ केही बुझने क्रम चलिरहेको बताए ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा