नेपालगन्ज : सहकारी वित्तीय विकास संस्था लिमिटेडले अपचलन भएको रकम असुलीका लागि अभियुक्तहरूका एकाघरका परिवारका सदस्यको बैंक खाता र घरजग्गा रोक्का गरिएको छ ।
सहकारीको सन्चालक समितिको बैठकले अभियुक्त मुख्य प्रबन्धक गोपाल भण्डारी र उनकी पत्नी लक्ष्मी भण्डारीको बैंक खाता र घरजग्गा रोक्कालाई पत्राचार
गरेको हो ।
पूर्वमुख्य प्रबन्धक तथा ऋण शाखा प्रमुख अरूणकुमार पाठकका ५ जनाको रोक्का गरेको छ । उनीसँगै पत्नी गुड्ी पाठक, भाइहरू अजयकुमार पाठक, विजयकुमार पाठक र अतुलकुमार पाठक रोक्का गरेको हो ।
गंगाधर सुवेदी र उनकी पत्नी नीना न्यौपानेको पनि रोक्का गरिएको छ । खजुरा शाखा प्रबन्धक सूर्यबहादुर विक र बैजापुर शाखा प्रबन्धक लीलाधर वलीको भने एकाघरका परिवारका सदस्यको बैंक खाता र घरजग्गा रोक्का गरेको छैन ।
उनीहरूले आफ्नो दायित्वमा आएको रकम फिर्ता गरेर सहकारीको प्रधान कार्यालयमा काजमा काम पनि गरिरहेका छन् । सहकारीले राष्टिूय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक, माछापुच्छूे बैंक र ज्योति विकास बैंकलाई ६ असारमा पत्राचार गरेको मालपोत कार्यालय प्रमुख प्रेम दौल्यालले बताए ।
सहकारीले जग्गाको कित्ता नम्बर नदिएकाले खोजी गर्न समस्या भएको दौल्याल बताउँछन् । सहकारीले १६ पटकमा गरी एक हजार एक सय ४३ जनालाई तीन करोड ६६ लाख रूपैयाँ फिर्ता गरिसकेको छ ।
एक दिनमा कम्तीमा चार जनादेखि बढीमा एक सय ८० जनाको रकम फिर्ता गरेको सहकारीका कार्यकारी अध्यक्ष हरदेव बक्स चौधरी बताउँछन् । यसैबीच सहकारी वित्तीय विकास संस्था लिमिटेडले शनिबार डाकेको विशेष साधारणसभा गणपूरक संख्या नपुग्दा स्थगित भएको थियो । अर्को साधारणसभा एक सातापछि फेरि डाकिएको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा