नेपालगन्ज :तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माणको जिम्मेवारी लिएको पप्पु–रसुवा कन्स्ट्रक्सनबाट रकम फिर्ता लिइएको छ ।
बाँकेमा निर्माणाधिन क्षेत्रीय कारागारको काम सन्तोषजनक नभएपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता गरिएको हो । निर्माण कम्पनीको तीन बर्षे ठेक्का सम्झौताको अवधी कात्तिक ४ गते सकिदैछ ।
हालसम्म चार प्रतिशत मात्रै काम भएपछि मोविलाईजेशन बापतको सात करोड ६ लाख फिर्ता गरिएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना ईकाई नेपालगन्जले जनाएको छ ।
बाँकेको नौवस्तामा कारागार निर्माणका लागि पप्पु–रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । तर सम्झौताको अवधी समाप्त हुने बेलासम्म ४ प्रतिशत मात्रै काम गरेपछि कार्यालयले मोविलाईजेशन बापत उपलब्ध गराएको सात करोड ६ लाख फिर्ता ल्याएको कार्यालय प्रमुख सुबास बस्नेतले बताए ।
५३ करोड कुल बजेट रहेकोमा पप्पु–रसुवा कन्स्ट्रक्सनले ३८ करोडमा ठेक्का सकार गरेको हो । क्षेत्रीय कारागारको क्षमता तीन हजारको रहेको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा