खजुरा(बाँके) : बाँकेको खजुरा गाउँपालिका र चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरबीच मंगलवार उज्वेकिस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता भएको छ ।
उज्वेकिस्तानमा सञ्चालन भइरहेको ग्रीन इकोनोमी कार्यक्रममा सहभागी खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ‘हरित कृषि र हरित शहरीकरण’का लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
अध्यक्ष कक्षपति र युएन प्रमुखबीच विभिन्न देशका प्रतिनिधिको रोहवरमा सम्झौतामा हस्ताक्षर भएको हो । खजुरामा पाईलट प्रोजेक्टका रुपमा उक्त कार्यक्रम शुरु भए पनि हरित कृषि र हरित शहर निर्माणका लागि सन् २०२० देखि प्रोजेक्ट अगाडि बढ्नेछ ।
गाउँपालिका प्रमुख कक्षपतिले प्रोजेक्टको लागत यसको मोडालिटी लगायतका विषयमा पनि छलफल गरेर टुङ्गो लगाइने बताए । उनले हरित खजुरा बनाउने अभियानका लागि ठूलो सफलता हात लागेको बताउँदै प्रमुख कक्षपतिले यसलाई अगाडि बढाइने उल्लेख गरे ।
गत वर्ष दुबईमा आयोजित एक कार्यक्रममा सहभागी भएका खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिकालाई ग्रीन सिटीका रुपमा विकास गर्न गरेको प्रस्तुतीकरणपछि यो कार्यक्रम अगाडि बढेको थियो ।
ग्रीन खजुराका लागि भएको सम्झौतापछि खजुराबासीमा खुशीयाली छाएको छ । खजुरा ग्रीन सिटी तथा कृषिको दीगो विकासका लागि यसअघि युएन तथा चाइनाको टीमले खजुरा गाउँपालिकामा आई अध्ययन अवलोकन गरेर फर्केको खजुरा गाउँपालिका विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्यायले जानकारी दिए ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा