नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले वार्षिक कार्ययोजना सार्वजनिक गरेकाछन् । हालैमात्र सरुवा भएर जिल्लाको सुरक्षा सम्हालेका प्रहरी उपरीक्षक ओलीले शान्ति सुरक्षाका लागि आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
प्रहरी प्रमुख ओलीले बुधबार पत्रकार सम्मेलन गर्दै जिल्लाको शान्ति सुरक्षाका लागि भन्दै ११ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए । ओलीद्वारा सार्वजनिक ११ बुँदे सुरक्षा कार्ययोजनामा जनतालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाई सबै प्रकारको भय र त्रासबाट मुक्ती दिलाउने पहिलो प्राथमिकतामा रहेकोछ ।
यसैगरी सेवामुखी, ब्यावसायिक, प्रभावकारी, पारदर्शी एवं उत्तरदायी प्रहरी सेवाको प्रत्याभूति दिने, सेवाग्राहीलाई छिटो, सरल र सहजरुपमा प्रहरी सेवा दिने, समुदायसँग सहकार्य, जनचेतनामुलक कार्यक्रम गर्ने, लागुऔषध रोकथाम र नियन्त्रण, फरार अभियुक्तको खोजतलाश र फैसला कार्यान्वयन, संगठित अपराध, गुण्डागर्दी, जुवातास नियन्त्रण, चोरी निकासी र पैठारी नियन्त्रण मानव अधिकारको संरक्षण र प्रवद्र्धन तथा सडक सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक ओलीले कानून कार्यान्वयनका लागि कुनै सौदाबाजी वा बार्गेनिङ्ग नहुने दावी गरे । आँशु लिएर आउनेलाई न्याय दिएर हाँसोमा फर्काउने आफुहरुको प्रमुख काम रहने उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले शान्ति सुरक्षाका लागि ११ बुँदे कार्ययोजना सार्वजनिक गरेकै दिन बाँकेका ३ जना पत्रकारमाथी आक्रमण भएकोछ ।
समाचार संकलनका लागि होटल बाटिका पुगेका एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकाय, संवाददाता भीम पौडेल र क्यामरा पर्सन जागेश्वर सिंह थारुमाथि एबिसी टुर एण्ड ट्राभल्स काठमाण्डौका सञ्चालक ईश्वर भनिने भुवन खड्का र होटल बाटिकाका म्यानेजर प्रकाश ढकालले आक्रमण गरेका थिए ।
प्रहरी प्रमुखले ११ बुदेँ सुरक्षा कार्ययोजना सार्वजनिकै दिन पत्रकारमाथि भएको आक्रमणले जनताको शान्ति सुरक्षा प्रताभूति हुनेमा विश्वस्त रहनसकिदैन ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा