नेपालगन्ज : सांग्रीला डेभलपमेन्ट बैंक र नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरबीच सम्झौता भएकोछ । स्वास्थ्य सेवामा छुट उपलब्ध गराउन यी दुईबीच सम्झौता भएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगन्ज मेडिकल कलेज तथा कोहलपुर स्थित शिक्षण अस्पतालबीच स्वास्थ्य सेवामा छुट दिने भन्दै सम्झौता भएकोछ।
सांग्रीला डेभलपमेन्ट बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका संस्थापक, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गले लाभ लिन सक्नेछन् ।
आगामी आर्थिक वर्ष २०७६/७७ बाट लागुहुने उक्त स्वास्थ्य सेवा छुट साउन १ गते बाट लागुहुने गरि सम्झौता गरिएकोछ । सो सम्झौताबाट कार्डवाहाकले १० प्रतिशत सम्म छुट प्रदान गर्ने सहमति भएको छ ।
सो सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगन्जका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्घ एजुकेशनल एकेडेमी लिमिटेडका प्रबन्ध संचालक सुरेस कुमार कनोडियाले हस्ताक्षर गरेका थिए ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा