नेपालगन्ज : स्थानीय तहहरुको अधिक उदासिनताका कारण बाँके अझैपनि साक्षर जिल्ला घोषणा हुन सकेको छैन ।
यस जिल्लाका चार स्थानीय तहले जर्बरजस्ती तहलाई साक्षर घोषणा गरेका छन् । चार स्थानीय तहले अझै तथ्याक संकलन समेत गर्न सकेका छैनन् ।
कोहलपुर नगरपालिका, खजुरा, जानकी र नरैनापुर गाउँपालिकाले मात्र तहलाई साक्षर घोषणा गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ गाउँपालिका अझै तथ्याक संकलनमै अड्किएका छन् । गत फागुनमै बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने भएपनि तहको लापरवाहीले अहिलेसम्म बाँके साक्षर हुन नसकेको शिक्षा अधिकारीहरु बताउँछन् ।
बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, जिल्ला र स्थानीय तहमा तदारुकताका साथ काम नहुँदा समय पर धकेलिएको छ ।
उपमहानगरपालिकाको तथ्याक संकलनको काम अन्तिम चरणमा पुगेको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा बताउँछन् । साक्षर जिल्ला घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९० प्रतिशत मानिस साक्षर हुनैपर्छ । पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान रहेको छ ।
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
भने ‘हामीलाई पक्राउ नगरियोस्’
डा.कनोडियाको घरबाट साढे ९ लाख अवैध भा.रु.सहित ३० लाख बरामद
कर्णाली बैंकका पूर्व अध्यक्ष पशुपती दयाल पनि पक्राउ
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा