देशभर ८ हजारभन्दा बढीमा डेंगु संक्रमण, पेनकिलर नखान विज्ञको सुझाव

लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्दै सरकार


देशभर ८ हजारभन्दा बढीमा डेंगु संक्रमण, पेनकिलर नखान विज्ञको सुझाव

नेपालगन्ज २६ भदौ : कोरोना महामारी कायमै रहेको अवस्थामा यतिबेला देशव्यापी फैलिएको डेङ्गु रोग संक्रमणको अवस्था झन जटिल र भयाबह बन्दै गएकोछ ।

नेपालमा ८ हजार ३२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हिजो (शनिबार) सम्ममा देशभर ८ हजार ३ सय २७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ६ हजार २ सय ५ जनामा डेंगु संक्रमण भएको छ । यस्तै, लुम्बिनीमा एक हजा २ सय ८४, प्रदेश एक मा २ सय ८२, सुदूरपश्चिममा २ सय ६, गण्डकीमा एक सय ५०, मधेश प्रदेशमा एक सय ४४, कर्णालमा ५६ जनामा संक्रमण देखिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

विभिन्न अस्पतालहरुको तथ्यांकअनुसार डेंगुबाट भदौ २४ गतेसम्म सातजनाको मृत्यु भइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अर्ली वार्निङ रिपोर्टिङ सिस्टम इवार्समार्फत देशभरको तथ्यांक संकलन गर्ने गरेको छ । इवार्समा हालसम्म ११८ वटा अस्पताल मात्रै समावेश रहेकाले संक्रमितको संख्या अझै धेरै हुनसक्ने महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले बताउँछन् ।

पेनकिलर नखान विज्ञको सुझाव

डेंगी संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने विज्ञहरु बताउँछन् । वरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार डेंगी संक्रमितलाई सबैभन्दा धेरै शरीरका भागहरु दुख्छन् । ज्वरोसँगै शरीरको असह्य दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने र कसैमा पखाला लाग्ने डेंगी छुट्याउन सकिने लक्षणहरु हुन् ।

डेंगी संक्रमण हुँदा पेन किलर नखान, झोलिलो खानेकुराहरु बारम्बार खान र जीवनजल पानी धरै पिउन डाक्टर पुनको सुझाव छ ।

विज्ञहरुका अनुसार फ्लेक्सोन, ब्रुसिट लगायतका दुखाइ कम गर्ने औषधिले आन्तरिक र बाह्य रक्तश्राव गराउन सक्छन् । यस्ता औषधिको प्रयोगले नाक, गीजा, आँखा वा पेटभित्र विभिन्न भागमा रक्तश्राव गराई बिरामीमा जटिलता पनि निम्त्याउनसक्छ ।

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।

लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान

यसैबीच सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान दश बजे दश मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु ‘खोजौ र नष्ट गरौ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ ।

थप समाचार

भेरीमा डेंगुका बिरामीलाई कोभिड वार्डमा राखेर उपचार

डेंगुका कारण बजारमा सिटामोलको अभाव !

डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो

नेपालगन्जका ५ जनासहित बाँकेमा ११ जनामा डेंगु पुष्टि

के हो डेंगु ?, कसरी बच्ने ?

डेंगुका बिरामीले के खाने, के नखाने ?