लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्दै सरकार
नेपालगन्ज २६ भदौ : कोरोना महामारी कायमै रहेको अवस्थामा यतिबेला देशव्यापी फैलिएको डेङ्गु रोग संक्रमणको अवस्था झन जटिल र भयाबह बन्दै गएकोछ ।
नेपालमा ८ हजार ३२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हिजो (शनिबार) सम्ममा देशभर ८ हजार ३ सय २७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै बागमती प्रदेशमा ६ हजार २ सय ५ जनामा डेंगु संक्रमण भएको छ । यस्तै, लुम्बिनीमा एक हजा २ सय ८४, प्रदेश एक मा २ सय ८२, सुदूरपश्चिममा २ सय ६, गण्डकीमा एक सय ५०, मधेश प्रदेशमा एक सय ४४, कर्णालमा ५६ जनामा संक्रमण देखिएको छ ।
विभिन्न अस्पतालहरुको तथ्यांकअनुसार डेंगुबाट भदौ २४ गतेसम्म सातजनाको मृत्यु भइसकेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अर्ली वार्निङ रिपोर्टिङ सिस्टम इवार्समार्फत देशभरको तथ्यांक संकलन गर्ने गरेको छ । इवार्समा हालसम्म ११८ वटा अस्पताल मात्रै समावेश रहेकाले संक्रमितको संख्या अझै धेरै हुनसक्ने महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले बताउँछन् ।
पेनकिलर नखान विज्ञको सुझाव
डेंगी संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने विज्ञहरु बताउँछन् । वरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार डेंगी संक्रमितलाई सबैभन्दा धेरै शरीरका भागहरु दुख्छन् । ज्वरोसँगै शरीरको असह्य दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने र कसैमा पखाला लाग्ने डेंगी छुट्याउन सकिने लक्षणहरु हुन् ।
डेंगी संक्रमण हुँदा पेन किलर नखान, झोलिलो खानेकुराहरु बारम्बार खान र जीवनजल पानी धरै पिउन डाक्टर पुनको सुझाव छ ।
विज्ञहरुका अनुसार फ्लेक्सोन, ब्रुसिट लगायतका दुखाइ कम गर्ने औषधिले आन्तरिक र बाह्य रक्तश्राव गराउन सक्छन् । यस्ता औषधिको प्रयोगले नाक, गीजा, आँखा वा पेटभित्र विभिन्न भागमा रक्तश्राव गराई बिरामीमा जटिलता पनि निम्त्याउनसक्छ ।
डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।
लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान
यसैबीच सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान दश बजे दश मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु ‘खोजौ र नष्ट गरौ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ ।
थप समाचार
भेरीमा डेंगुका बिरामीलाई कोभिड वार्डमा राखेर उपचार
डेंगुका कारण बजारमा सिटामोलको अभाव !
डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर