डेंगुका बिरामीले के खाने, के नखाने ?


डेंगुका बिरामीले के खाने, के नखाने ?

नेपालगन्ज २३ भदौ : नेपालमा डेंगु संक्रमण प्रकोपको रुपमा फैलिइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यो वर्ष ४ सेप्टेम्बरसम्म देशभर गरी पाँच हजार २९ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डाक्टर विमल चालिसेका अनुसार अस्पतालमा उपचाररतमध्ये अधिकांशमा अत्यधिक ज्वरो आउने, पखाला, बान्ता, पेट फुल्ने, जीउ दुख्नेजस्ता लक्षण देखिएका छन् ।

संक्रमणपछि सिकिस्त देखिएमा प्लेटलेट्स, हेमोग्लोबिन, ह्वाइट ब्लड सेल्स घटेर जानेलगायत कलेजोमा असर पनि देखिनसक्ने भएकाले बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिएको छ ।

तर, संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने र सामान्य असर देखिने हुनसक्ने डाक्टर चालिसे बताउँछन् । ज्वरो नभएको अवस्थामा सामान्य खानेकुरा खान मिल्ने भए पनि झोलिलो र पोषणयुक्त खानेकुरामा जोड दिन डाक्टर चालिसे सुझाव दिन्छन् ।

Kids Festival 2022
kanti aarogya hospital

पखाला र वान्ता भएका संक्रमितमा डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कम भएर समस्या देखिनु) हुने भएकाले जीवनजल पानी पिइरहन चिकित्सकहरु सुझाव दिन्छन् । डेंगु संक्रमितका लागि नेसनल न्युट्रेसन काउन्सिल अफ चाइनाले तयार पारेको मार्गदर्शनअनुसार खान हुने र नहुने खानेकुराको सूची निम्न रहेको छ :

खानुपर्ने

-पानी र झोलजन्य पदार्थ ।
-क्यालोरीयुक्त खानेकुरा : भात, आलु, दूध आदी ।
-आइरनयुक्त खानेकुरा कलेजो भएको मासु, हरियो सागपात र मिनरल भएका खानेकुराहरु ।
-भिटामिन सी पाइने खानेकुरा भुइँकटहर, मेवा, कागती आदी ।
-भिटामिन के पाइने खानेकुराहरु केरा, प्याज, बन्दा, काँक्रो आदी ।

खान नहुने

-चकलेट, चकलेटजन्य ड्रिंक्स्, बट्टामा राखिएका जुस ।
-धेरै चिल्लो भएका र पचाउन गाह्रो हुने खानेकुराहरु ।
-मसालेदार खानेकुराहरु ।
-चिया, कफी तथा कफीजन्य पदार्थहरु ।

थप समाचार

के हो डेंगु ?, कसरी बच्ने ?

डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो

नेपालगन्जका ५ जनासहित बाँकेमा ११ जनामा डेंगु पुष्टि

नेपालगन्ज बसपार्क क्षेत्रका एकजनामा डेंगु देखियो