डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो


डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो

नेपालगन्ज २२ भदौ : कोरोना महामारी कायमै रहेको अवस्थामा देशव्यापी रुपमा फैलिएको डेङ्गु रोगका कारण बाँकेमा दुई जनाको मृत्यु भएकोछ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत १२ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर बद्री चापागाईले पुष्टि गरे ।

‘भेरी अस्पतालमा उपचाररत दुई जना डेंगु विरामीको मृत्यु भएकोछ ।’सेतोखरीसँग कुरा गर्दै मेसु डाक्टर बद्रीले भने–‘डेंगुबाट मृत्यु हुने बाँके जिल्ला बाहिरका विरामी हुन् । कैलाली १२ वर्षीया एक बालिका र बर्दियाका ८६ वर्षीय बृद्धको आज(बुधबार) मृत्यु भएको हो ।’

डेंगुबाट मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

‘भदौ १४ गते भर्ना भएका बर्दियाका ८६ वर्षीय बृद्धको स्वास्थ्य अवस्था अत्यन्त नाजुक थियो । उहाँलाई आइसीयुमा राखेर उपचार भइरहेको थियो’ मेसु डाक्टर बद्रीले अगाडी थपे–‘उहाँलाई डेंगुसहित अन्य स्वास्थ्य समस्या समेत रहेको थियो । उपचारका क्रममा मृत्यु भयो ।’

Kids Festival 2022
kanti aarogya hospital

यस्तै मेसु डाक्टर बद्रीका अनुसार डेंगुबाट मृत्यु हुने १२ वर्षीया बालिकामा अन्य कुनै स्वास्थ्य समस्या थिएन ।

डेंगुबाट एकै दिन बाँकेमा दुई जनाको मृत्यु भएसंगै यतिबेला नागरिकको स्वास्थ्य जोखिममा परेको छ । मेसु डाक्टर बद्रीले भने–‘केहीदिन यता बाँके लगायतका जिल्लामा डेंगु संक्रमण केस बढेकोछ । यसअघि संmत्रमित हुने विरामीको ट्राभल हिस्ट्र हुने गर्दथ्यो भने पछिल्लो समय लोकल्ली ट्रान्समिसन भइरहेकोछ ।’

डेंगु रोगको जोखिमलाई मध्यनजर गर्दै मेसु डाक्टर बद्रीले सर्वसाधरणले विशेष सावधानी अपनाउन आग्रह गरे । उनले भने आफ्नो घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, सरसफाईमा विशेष ध्यान दिदैँ विहानबेलुका पुरा लुगा लगाउनुपर्छ ।

यसअघि, नेपालगन्जका ५ जनासहित बाँकेमा ११ जनामा डेंगुको पुष्टि भएको थियो । बाँकेका सरकारी तथा विभिन्न निजी प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा ११ जनामा डेंगुको पुष्टि भएको हो । ती मध्ये ३ जना बाँके बाहिरका भएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् ।

बाँकेमा रहेका तर, बाहिरी जिल्लाका तीन जनामा डेंगु पुष्टि भएको हो । डेंगु पुष्टि हुनेमा बर्दिया र कैलाली जिल्लाका ३ जना ब्यक्ति रहेकाछन् । नेपालगन्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना रहेका छन् ।

सेतोखरीसँग कुरा गर्दै बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले भनिन्–‘बाँकेका ८ जनामा डेंगु देखिदाँ एक जनाको ट्राभल हिस्ट्री पाइएन । उनी स्थानीय संक्रमितको लिष्टमा रहेकाछन् भने अन्य डेंगु पुष्टि हुनेहरुको डेंगु प्रभावित क्षेत्र भएर फर्केपछि डेंगु पुष्टि भएको हो ।’

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कस्थित ५३ वर्षीय पुरुषमा डेंगुको संक्रमण देखिएपछि बसपार्क क्षेत्रलाई उच्च जोखिममा लिइएको पनि उनको भनाइ छ । संक्रमण पुष्टि भएका अधिकांशमा ट्राभल हिस्ट्री देखिए पनि ती पुरुष भने घरमै थिए । घरमै रहेको अवस्थामा उनीमा डेंगु पुष्टि भएको हो ।

थप समाचार

नेपालगन्जका ५ जनासहित बाँकेमा ११ जनामा डेंगु पुष्टि

नेपालगन्ज बसपार्क क्षेत्रका एकजनामा डेंगु देखियो

के हो डेंगु ?, कसरी बच्ने ?