चर्को ब्याज र अवैध तस्करीले व्यापार–व्यवसाय धरासयी
नेपालगन्ज ६ असोज : नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर विरुद्ध नेपालगन्जका उद्योगी ब्यावसायीहरु आन्दोलित भएका छन् । कोरोनाका कारण ब्यापार, ब्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, ब्यवसायी मर्कामा परेको भन्दै उनीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघले विहीवार पत्रकार सम्मेलन गरि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसार पसार विरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।
चरणबद्ध आन्दोलनको घोषणा गर्दै संघका प्रवक्ता टंक धामीले चर्को ब्याजदर र २०–२५ प्रतिशत लगानी गर्ने नेपाल राष्ट्र बैंकको नीतिका विरुद्ध ७ असोजमा नेपालगन्ज स्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी एक घण्टा धर्ना दिने र ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए ।
त्यसैगरी, ८ असोजमा स्वदेशी उत्पादनलाई महत्व दिनकालागि स्वदेशमै किनमेल गर्न उपभोक्तालाई सचेत बनाउने खालको पर्चा वितरण र अवैध सामान नियन्त्रणका लागि नेपालगन्ज भन्सार कार्यालय अगाडी दवावमुलक कार्यक्रम गर्ने तालिका रहेको प्रवक्ता धामीले जानकारी दिए ।
‘माग सम्बोधन नभए थप अन्दोलनका कार्यक्रम अगाडी बढाइने छ,’ उनले भने । राज्यले भारतबाट हुने अवैध सामान नियन्त्रण गर्न नसक्दा तस्करी मौलाएको प्रवक्ता धामीले बताए ।
उनले भने,–‘भारतबाट खुलेआम तस्करी भइरहेको छ, तर नाकामा खटिएका सुरक्षाकर्मी र भन्सारका कर्मचारी मुक दर्शक बनेर बसिरहेका छन् । यसले तस्करलाई प्रोत्साहन मिलेको छ । यस्तै अवस्था रहिरने हो भने नेपालगन्जका ब्यापारीले ब्यापार ब्यवसाय बन्द गर्नुपर्ने अवस्था पनि हुनसक्छ ।’ अहिले नेपालगन्ज उद्योग वाणिज्य संघले पश्चिम नेपालको उद्योगी ब्यावसायीको नेतृत्व गर्दै आन्दोलन गरिरहेको प्रवक्ता धामीले बताए ।
संघले अवैध सामान नियन्त्रण र स्वदेशमै किनमेलको वातावरण बनाउन सरोकारवाला निकायसँग माग गरेको छ । अवैध सामान ओसार पसार नियन्त्रण र बैैैंकको चर्को ब्याजदर विरुद्ध देशभरीका उद्योगी ब्यावसायीहरु एकै साथ आन्दोलनमा उत्रीएको नेपालगन्ज उद्योग बाणिज्य संघ अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
चाडबाडको समयमा समेत नेपालगन्ज बजार सुनसान रहेका कारण अहिले ८० प्रतिशतले ब्यापार घटेको अध्यक्ष अन्सुरीले बताए । बैंकले कारोबारको २०–२५ प्रतिशत लगानी गर्दा नेपालगन्जको ब्यापार, ब्यवसाय धरासायी भएको उनले जिकिर गरे ।
ब्यापार, ब्यवसाय नभएर मर्कामा परेको बेला नेपाल राष्ट्र बैंकले लगानी गरेको छैन । उनले भने –‘ब्याज तिर्न नसकेर धितो राखेको जग्गा, जमिन र घर लिलाम हुने अवस्था छ, राष्ट्र बैंकको नीतिका कारण ब्यापारीलाई मर्नु न बाच्नु बनाएको छ ।’
बैंकले लगानी र ब्याजदर बढाएर उद्योगी, ब्यवसायी मर्कामा परेको बेला नेपालगन्ज भन्सारले अवैध तस्करी रोक्न नसक्दा नेपालगन्जको ब्यापार झनै धरासायी भएको संघका महासचिव चिरञ्जिवि ओलीले बताए ।
घरायसी सामान ल्याउने नाममा दैनिक करोडौँको सामान भित्रिने गरेको दावी गर्दै महासचिव ओलीले १०–२० हजार रुपैँया बराबरका सामान पनि शुल्क नलिएर छोड्ने गरेको आरोप लगाए । उनले भने –‘यसले एकातिर राजस्व घाटा भइरहेको छ भने अर्कोतर्फ नेपालगन्जको ब्यापार, ब्यवसायलाई प्रत्यक्ष असर पारेको छ ।’
तस्करीको सामान नेपालगन्जकै ब्यापारीले किन खरिद गर्नु हुन्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै संघका अध्यक्ष मन्सुरीले भने –‘तस्कर ब्यापारीमा धेरै भिन्नता छ, तस्कर, तस्कर नै हो ब्यापारी तस्कर होईन ।’
ब्यापारीले सँधै भन्सार तिरेर मात्र सामान भित्र्याउने गरेको दावी गर्दै अध्यक्ष मन्सुरीले सबैलाई मुल बाटोबाट सामान ल्याउने बातावरण मिलाउन आग्रह गरे । उनले अवैध सामान ओसार पसार हुने मुहान रोकिएपछि मात्र नेपालगन्जको ब्यापार ब्यावसाय फस्टाउने धारणा राखे ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ