डेंगुबाट २५ जनाको मृत्यु, झण्डै २० हजार संक्रमित

नेपालगन्जमा थप दुई जनामा डेंगु पुष्टि


डेंगुबाट २५ जनाको मृत्यु, झण्डै २० हजार संक्रमित

नेपालगन्ज ६ असोज : नेपालमा साउनयता डेंगु संक्रमणबाट २५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २५ जनाले ज्यान गुमाएका छन् । यस्तै १९ हजार ८ सय २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर १९ हजार ८ स २ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १४ हजार ८ सय ३२ जनामा डेंगु संक्रमण देखिएको छ ।

यस्तै, लुम्बिनीमा २ हजा ७ सय ४४, सुदूरपश्चिममा ६ सय ६३, प्रदेश १ मा ५ सय ८४, गण्डकीमा ४ सय ५१, मधेश प्रदेशमा २ सय ९९, कर्णालमा २ सय २९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २५ जनाले ज्यान गुमाएका छन् ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका सात वटै प्रदेशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

लुम्बिनीमा २७४४ मा डेंगु संक्रमण, ३ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने दुई हजार ७४४ जना संक्रमित भएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट साउन यता तीनजनाको मृत्यु भएको हो ।

पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिला र बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट मृत्यु भएको छ ।

प्रदेश निर्देशनालयका अनुसार दाङमा ११ सय ८०, रूपन्देहीमा ७ सय, अर्घाखाँची १३८, गुल्मीमा २९२, पाल्पामा ९८, नवलपरासी पश्चिममा ६२, बाँकेमा ४४, कपिलवस्तुमा ४९, बर्दियामा ८६, प्युठानमा ३६, रूकुम पूर्वमा १६, रोल्पामा ७ र प्युठानमा ३६ जना संक्रमित भेटिएका छन् । डेंगु संक्रमितको मृत्युुदर १ प्रतिशत भन्दा कम रहेको मन्त्रालयका प्रवक्ता डाक्टर पुष्पराज पौडेलले जानकारी दिए ।

भदौमा एक्कासी संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक लगायतका अस्पतालमा डेंगु संक्रमितको चाप बढेको उनले बताए ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको प्रवक्ता पौडेलले बताए । गत साउन मसान्तसम्म करिब सय जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए ।

रूपन्देहीमा पहिलो पटक २०६७÷६८ मा २९० जनामा देखिएको डेंगुको संक्रमण २०७६÷७७ मा महामारीकै रूपमा फैलिएर दुई हजार ९३० जनामा देखिएको थियो ।

मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले अझै २ महिनासम्म डेंगुको प्रकोप रहने अनुमान गरिएको बताए ।

नेपालगन्ज थप दुईजनामा डेंगु देखियो

नेपालगन्ज उपमहानगरपालिका–४ मा थप दुई जनामा डेंगु देखिएको छ । बिहीवार गरिएको निःशूल्क स्वास्थ्य परीक्षणमा थप दुई जनामा डेंगु देखिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

४८ जनाको नमुना जाँच गर्दा २१ वर्षका पुरुष र ३६ वर्षकी महिलामा डेंगीको संक्रमण पुष्टि भएको हो ।

यस्तै ४९ वर्षकी महिलामा स्क्रब टाइफस देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ मा यसअघि पनि ४ जना स्थानीयमा डेंगुको संक्रमण पुष्टि भएको थियो । बाँकेमा यसअघि ४४ जनामा डेंगु पुष्टि भइसकेको छ ।

तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाभित्र १५ जनालाई डेंगु देखिएकोमा चार जना वडा नम्बर–४ का रहेको ओलीले बताए । किटजन्य रोगको संक्रमणबाट जोगिन स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

थप समाचार

डेंगु संक्रमणबाट मर्नेको संख्या २१ पुग्यो

डेंगुका कारण बजारमा सिटामोलको अभाव !

भेरीमा डेंगुका बिरामीलाई कोभिड वार्डमा राखेर उपचार

डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो

के हो डेंगु ?, कसरी बच्ने ?

डेंगुका बिरामीले के खाने, के नखाने ?