नेपालगन्जमा थप दुई जनामा डेंगु पुष्टि
नेपालगन्ज ६ असोज : नेपालमा साउनयता डेंगु संक्रमणबाट २५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २५ जनाले ज्यान गुमाएका छन् । यस्तै १९ हजार ८ सय २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर १९ हजार ८ स २ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १४ हजार ८ सय ३२ जनामा डेंगु संक्रमण देखिएको छ ।
यस्तै, लुम्बिनीमा २ हजा ७ सय ४४, सुदूरपश्चिममा ६ सय ६३, प्रदेश १ मा ५ सय ८४, गण्डकीमा ४ सय ५१, मधेश प्रदेशमा २ सय ९९, कर्णालमा २ सय २९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २५ जनाले ज्यान गुमाएका छन् ।
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका सात वटै प्रदेशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लुम्बिनीमा २७४४ मा डेंगु संक्रमण, ३ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने दुई हजार ७४४ जना संक्रमित भएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट साउन यता तीनजनाको मृत्यु भएको हो ।
पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिला र बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट मृत्यु भएको छ ।
प्रदेश निर्देशनालयका अनुसार दाङमा ११ सय ८०, रूपन्देहीमा ७ सय, अर्घाखाँची १३८, गुल्मीमा २९२, पाल्पामा ९८, नवलपरासी पश्चिममा ६२, बाँकेमा ४४, कपिलवस्तुमा ४९, बर्दियामा ८६, प्युठानमा ३६, रूकुम पूर्वमा १६, रोल्पामा ७ र प्युठानमा ३६ जना संक्रमित भेटिएका छन् । डेंगु संक्रमितको मृत्युुदर १ प्रतिशत भन्दा कम रहेको मन्त्रालयका प्रवक्ता डाक्टर पुष्पराज पौडेलले जानकारी दिए ।
भदौमा एक्कासी संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक लगायतका अस्पतालमा डेंगु संक्रमितको चाप बढेको उनले बताए ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने गरेको प्रवक्ता पौडेलले बताए । गत साउन मसान्तसम्म करिब सय जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए ।
रूपन्देहीमा पहिलो पटक २०६७÷६८ मा २९० जनामा देखिएको डेंगुको संक्रमण २०७६÷७७ मा महामारीकै रूपमा फैलिएर दुई हजार ९३० जनामा देखिएको थियो ।
मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले अझै २ महिनासम्म डेंगुको प्रकोप रहने अनुमान गरिएको बताए ।
नेपालगन्ज थप दुईजनामा डेंगु देखियो
नेपालगन्ज उपमहानगरपालिका–४ मा थप दुई जनामा डेंगु देखिएको छ । बिहीवार गरिएको निःशूल्क स्वास्थ्य परीक्षणमा थप दुई जनामा डेंगु देखिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकलपर्सन तेज ओलीले जानकारी दिए ।
४८ जनाको नमुना जाँच गर्दा २१ वर्षका पुरुष र ३६ वर्षकी महिलामा डेंगीको संक्रमण पुष्टि भएको हो ।
यस्तै ४९ वर्षकी महिलामा स्क्रब टाइफस देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ मा यसअघि पनि ४ जना स्थानीयमा डेंगुको संक्रमण पुष्टि भएको थियो । बाँकेमा यसअघि ४४ जनामा डेंगु पुष्टि भइसकेको छ ।
तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाभित्र १५ जनालाई डेंगु देखिएकोमा चार जना वडा नम्बर–४ का रहेको ओलीले बताए । किटजन्य रोगको संक्रमणबाट जोगिन स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
थप समाचार
डेंगु संक्रमणबाट मर्नेको संख्या २१ पुग्यो
डेंगुका कारण बजारमा सिटामोलको अभाव !
भेरीमा डेंगुका बिरामीलाई कोभिड वार्डमा राखेर उपचार
डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर