नेपालगन्ज ४ असोज : नेपालमा डेंगु संक्रमण निकै तिव्र गतिमा बढेसंगै यसबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढिरहेकोछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन महिनायता डेंगु संक्रमणबाट २१ जनाको ज्यान गएकोछ ।
पछिल्लो पाँच साताको अवधिमा डेंगु संक्रमण कारण नेपालमा २१ जनाको ज्यान गएको हो ।
मन्त्रालयका अनुसार हाल देशको ७५ वटै जिल्लामा डेंगु फैलँदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भइसकेकोछ । सबैभन्दा धेरै बागमती त्यसपछि लुम्बिनी प्रदेशमा डेंगु संक्रमित रहेकाछन् ।
बागमती प्रदेशमा १२ हजार ९४७ जना डेंगु संक्रमित भएका छन् । भने लुम्बिनी प्रदेशमा २ हजार ६४३ जनामा संक्रमित हुँदा एक नम्बर प्रदेशमा ५६० जना संक्रमित भएका छन् ।
यस्तै सुदुरपश्चिम प्रदेशमा ५६७, गण्डकी प्रदेशमा ४०९, मधेश प्रदेशमा २१६ र कर्णाली प्रदेशमा २०७ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेंगु महामारी घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।
देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै ध्यान र त्यसमै केन्द्रित गर्नका ‘प्रकोप’ घोषणा गरिन्छ ।
डेंगु व्यापक फैलिएको र नियन्त्रणबाहिर जान लागेकाले सरकारले डेंगुलाई ‘प्रकोप’कै रुपमा घोषणा गरेर नियन्त्रण तथा रोकथामको तयारी गर्न प्रस्ताव अघि सारेकोछ ।
थप समाचार
डेंगुबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, १५ हजार बढी संक्रमित
डेंगुका कारण बजारमा सिटामोलको अभाव !
भेरीमा डेंगुका बिरामीलाई कोभिड वार्डमा राखेर उपचार
डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर