डेंगु संक्रमणबाट मर्नेको संख्या २१ पुग्यो


डेंगु संक्रमणबाट मर्नेको संख्या २१ पुग्यो

नेपालगन्ज ४ असोज : नेपालमा डेंगु संक्रमण निकै तिव्र गतिमा बढेसंगै यसबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढिरहेकोछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन महिनायता डेंगु संक्रमणबाट २१ जनाको ज्यान गएकोछ ।

पछिल्लो पाँच साताको अवधिमा डेंगु संक्रमण कारण नेपालमा २१ जनाको ज्यान गएको हो ।

मन्त्रालयका अनुसार हाल देशको ७५ वटै जिल्लामा डेंगु फैलँदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भइसकेकोछ । सबैभन्दा धेरै बागमती त्यसपछि लुम्बिनी प्रदेशमा डेंगु संक्रमित रहेकाछन् ।

बागमती प्रदेशमा १२ हजार ९४७ जना डेंगु संक्रमित भएका छन् । भने लुम्बिनी प्रदेशमा २ हजार ६४३ जनामा संक्रमित हुँदा एक नम्बर प्रदेशमा ५६० जना संक्रमित भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै सुदुरपश्चिम प्रदेशमा ५६७, गण्डकी प्रदेशमा ४०९, मधेश प्रदेशमा २१६ र कर्णाली प्रदेशमा २०७ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेंगु महामारी घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।

देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै ध्यान र त्यसमै केन्द्रित गर्नका ‘प्रकोप’ घोषणा गरिन्छ ।

डेंगु व्यापक फैलिएको र नियन्त्रणबाहिर जान लागेकाले सरकारले डेंगुलाई ‘प्रकोप’कै रुपमा घोषणा गरेर नियन्त्रण तथा रोकथामको तयारी गर्न प्रस्ताव अघि सारेकोछ ।

थप समाचार

डेंगुबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, १५ हजार बढी संक्रमित

डेंगुका कारण बजारमा सिटामोलको अभाव !

भेरीमा डेंगुका बिरामीलाई कोभिड वार्डमा राखेर उपचार

डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो

के हो डेंगु ?, कसरी बच्ने ?

डेंगुका बिरामीले के खाने, के नखाने ?