प्रेरणाका पुञ्ज शताब्दी पुरुष


प्रेरणाका पुञ्ज शताब्दी पुरुष

नेपालगन्ज ३० असोज : शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पु¥याएकाछन् । उनका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

बहुमुखी प्रतिभाका धनी जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज निधन भएको हो । उनीप्रति श्रद्धाञ्जलि दिन विभिन्न पार्टीका नेता, साहित्य तथा संस्कृतिकर्मी अस्पताल पुगेकाछन् ।

उनी काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, समालोचक, कोषकार, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्ध थिए ।

उनी लोकसाहित्य, लोकसंस्कृति, संस्कृति, कला र कलाकार, पुरातत्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनूदित कृति प्रकाशित गरेर संस्कृतिविद्, कुशल अन्वेषक र अनुसन्धाताका रूपमा स्थापित र प्रतिष्ठित छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

राष्ट्रको प्रशासनिक सेवामा औद्योगिक सुपरीवेक्षक, सङ्ख्या विभागका सुपरिटेण्डेन्ट, राष्ट्रिय योजना परिषद्का प्रोग्राम अफिसर, पुरातत्व र संस्कृति विभागका डाइरेक्टर बनी उनले उत्कृष्ट राष्ट्रसेवा गरेकाछन् ।

नले चीनमा नेपाली भाषाका प्रशिक्षक, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा विशेषज्ञ र प्राध्यापकका रूपमा कार्य गरी उच्च शिक्षाको क्षेत्रमा विशेष योगदान दिए ।

संस्कृतिविद् नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव र नेपाली भाषाका अकादमीका कुलपतिको रूपमा कार्य गरी नेपाली प्रज्ञाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरे । कर्णालीको भाषा, साहित्य र संस्कृति प्रकाशनमा उनी र उनको समूहको ठूलो योगदान छ ।

उनी अनेकौँ सङ्घसंस्थाका संस्थापक र सञ्चालक थिए । उनी राष्ट्रका लागि दिएका अमूल्य योगदानको मूल्याङ्कन गर्दै नेपाल सरकार र अन्य सङ्घसंस्थाले अनेक सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत, मनार्थ महाविद्यावारिधि उपाधिबाट विभूषित तथा वाङ्मय शताब्दीपुरुष सम्मानबाट सम्मानित भएका थिए । उनले तीनपटक प्रसिद्ध मदन पुरस्कार प्राप्त गरेका छन् ।

शताब्दीपुरुष जोशी नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव र अजम्मरी राष्ट्रिय सम्पदाका रूपमा रहे । अत्यन्त लगनशील, सिर्जनशील र ओजस्वी व्यक्तित्व उनको छवि थियो । जोशी समाजका सबै वर्ग समुदाय तथा तह र तप्का प्रेरणाका स्रोत हुन् ।-रासस

थप समाचार

अस्ताए शताब्दी पुरुष सत्यमोहन