नेपालगन्ज म्याराथनले पायो ‘एम्स’को सदस्यता

एम्स प्रेसिडेन्ट बोराओले भने–‘तपाईहरुको यात्रामा हाम्रो एसोसियसन एक महत्वपुर्ण योगदानकर्ता हुनेछ’


नेपालगन्ज म्याराथनले पायो ‘एम्स’को सदस्यता

नेपालगन्ज १३ कार्तिक : नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को सदस्यता प्राप्त गरेको छ । विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने सम्भवतः नेपालगन्ज म्याराथन पहिलो हो ।

गत महिना मात्र एम्सबाट नेपालगन्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो । नेपालगन्ज म्याराथनअन्तर्गत ४२.१९५ किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दुरीको अलगअलग प्रमाणपत्र रहेको छ ।

वल्र्ड एथ्लेटिक्स अन्तर्गत म्याराथनको नियमनकारी निकाय एम्समा एक सय १५ देशका ४५३ रेश आयोजक सदस्य छन् । नेपालगन्ज म्याराथन आयोजना एवं स्तरीयता सम्बन्धी आवश्यक कागजात सहित सम्पुर्ण प्रक्रिया पुरा गरेपछि एम्सले सदस्यता दिने निर्णय गरेको हो ।

एम्सको आवद्धतासँगै नेपालगन्ज म्याराथन विश्वव्यापी सञ्जालभित्र प्रवेश गरेको छ । अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्ज म्याराथनको बजारीकरण एवं प्रवद्र्धन गर्न एम्सले सघाउने नेपालन्ज म्याराथनका संस्थापक÷अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सदस्यता प्राप्त गर्न सफल भएकोमा नेपालगन्ज म्याराथन आयोजकलाई एम्स प्रेसिडेन्ट पाका बोराओले स्वागत गरेका छन् । उनले नेपालगन्ज म्याराथन पुर्ण सफलताको कामना गरेका छन् । ‘म तपाई र तपाईंको टिमलाई तपाईको रेशको पुर्ण सफलताको कामना गर्दछु ।’ पाका बोराओले अध्यक्ष ठकुरीलाई पत्र लेखेका छन् –‘तपाईहरुको यात्रामा हाम्रो एसोसियसन एक महत्वपुर्ण योगदानकर्ता हुनेछ ।’

एम्समा आवद्धताले नेपालगन्ज म्याराथन मात्र नभई समग्र नेपाली म्याराथन तथा रोड रेस धावक तथा प्राविधिक लाभान्वित हुनेछन् । नेपालगन्ज म्याराथन आगामी दिनमा नेपाल घुम्न आउने विदेशी पर्यटक तथा अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिन जाने नेपाली धावकका लागि प्रवेशद्वार बन्न सक्ने अध्यक्ष ठकुरीले बताए ।

संसारमा लामो ईतिहास बोकेका प्रतिष्ठित म्याराथनमा सहभागिताका लागि निश्चित मापदण्ड तोकिएको हुन्छ, त्यसका लागि नेपालगन्ज म्याराथन अब एउटा आधार बन्न सक्छ । त्यस्तै विदेशी पर्यटकका लागि नेपालगन्ज म्याराथन नयाँ गन्तव्य हुने आशा गर्न सकिन्छ ।

नेपालको अग्रणी व्यवसायिक प्रतिष्ठान केएल दुगड ग्रुपको धारा तेलले मुख्य प्रायोजन गरेसँगै धारा नेपालगन्ज म्याराथन नामाकरण भएको छ ।

नेपाल सरकार र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको धारा नेपालगन्ज म्याराथन यस वर्ष मंसिर २४ गते शनिबार हुनेछ ।

क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको म्याराथनका लागि २०७९ असार १५ गते देखि खेलाडी दर्ता खुला गरिएको छ । नेपालगन्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने छ । गत वर्ष झैं यस वर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिनेछ ।

पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ वर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।

आठौं धारा नेपालगन्ज म्याराथनसँग सहकार्य गर्न आयोजकले बिभिन्न व्यवसायिक प्रतिष्ठानका साथै सामाजिक संघसंस्थालाई आह्वान गरेको छ । आठौं धारा नेपालगन्ज म्याराथन सफल पार्न हालसम्म धारा तेलसँगै शिखर प्लाई, दैनिक नेपालगन्ज, हाम्रा खेलकुद डट कम, जिन्यूज टिभी, नेपालगन्ज ग्यालरी, कोहलपुर ग्यालरी जोडिएका छन् । त्यसैगरी सोल्टी वेष्टर्न प्रिमियर हस्पिटालिटी पार्टनर, बडवाइजर बियर सेलिब्रेसन पार्टनर र दराज इकमर्स पार्टनरका रुपमा सहकार्य गरेका छन् ।

थप समाचार

नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पायो

नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्डको हुने

आठौं नेपालगन्ज म्याराथनको तयारी शुरु

सातौं धारा नेपालगन्ज म्याराथन विजेतालाई एक लाख

नेपालगन्ज म्याराथनमा महानायक राजेश दौडिने

दौडको महाकुम्भः नेपालगन्ज म्याराथन