नेपालगन्ज १४ भदौ : धारा नेपालगन्जम्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ ।
वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमवार नेपालगन्ज म्याराथनको नाप लिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि(बानियाभार) भएर पुनः सोही रुट भइ बीपी चोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कोर्ष मापनका लागि आमिर सान्डिवानलाई नेपालगन्जमा स्वागत गर्दै सफलताको शुभकामना दिए । ‘नेपालगन्ज म्याराथन मार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्जको ब्राण्डिङ हुन लागेकोमा निकै खुशी लागेको छ ।’ मेयर बिष्टले भने –‘उपमहानगरपालिका हरेक पक्षमा सहयोग गर्न तयार छ ।’
म्याराथनको आधिकारीक दौडको दुरी ४२.१९५ किलोमिटर हो । नेपालगन्ज म्याराथनमा महिलाका लागि हाफ म्याराथन, दश किलोमिटर पुरुष खुल्ला, पाँच किलोमिटर महिला खुल्ला तथा स्कुलस्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ ।
यसमा म्याराथन, हाफ म्याराथन, दश किलोमिटर र पाँच किलोमिटर अलगअलग सर्टिफिकेट आउने सान्डिवानले बताए । कोर्ष मापनको सुरुवाती चरणमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधि समेत थिए ।
एम्सको मान्यतापछि कोर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ ।
‘एम्सबाट सर्टिफाइड भएपछि विदेशीहरु पनि आउने सम्भावना बढ्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने अपेक्षा लिएको छु ।’ मेयर बिष्टले भने–‘यसले खेलकुद र पर्यटन सँगसँगै विकास हुने भएपछि हामी सबैको खुशीको कुरा हो ।’
नेपालगन्ज म्याराथन हरेक वर्ष मंसिर महिनाको पहिलो शनिवार आयोजना हुने गर्दछ । यस वर्ष मंसिर ३ गते तय भइ तयारी अघि बढेको थियो । आम निर्वाचनको मिति घोषणासँगै आयोजक क्रियटिभ ह्याण्ड्सले तीन सातापछि सार्दै मंसिर २४ गते शनिवार आयोजना गर्ने तयारी गरेको छ ।
सरकार र तत्कालीन नेकपा माओवादीबीच मंसिर ५ गते भएको बृहतशान्ति सम्झौताको दिनलाई स्मरण गर्दै मंसिरको पहिलो साता म्याराथन आयोजना हुँदै आएको छ ।
यसपटक मंसिर ४ गते संघीय र प्रदेशको निर्वाचनका कारण तीन साता पछि सारिएको हो । ‘लोकतन्त्रमा आम निर्वाचन महापर्व हो, महापर्व आम मानिसको चासोको बिषय हो ।’ म्याराथन संस्थापक टीएस ठकुरीले भने –‘तसर्थ म्याराथनको मिति सार्ने निर्णय गरेका हौं ।’
सान्डिवानले यसै साता काठमाडौं म्याराथन र पोखरा म्याराथनको समेत नाप लिइसकेका छन् । अब नेपालमा तीन वटा म्याराथन अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल