आठौं नेपालगन्ज म्याराथनको तयारी शुरु

खेलाडी दर्ता खुला गरिएको छ, बिभिन्न देशका प्रतिष्ठित धावकहरुको सहभागिता रहने : टिएस


आठौं नेपालगन्ज म्याराथनको तयारी शुरु

नेपालगन्ज १६ साउन : हरेक वर्ष आयोजना हुने धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते शनिबार हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी सुरु गरिएको हो ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगन्ज म्याराथनका लागि २०७९ असार १५ गतेदेखि खेलाडी दर्ता खुला गरिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जारी गरेको प्रेस नोटमा उल्लेखछ ।

नेपालगन्ज म्याराथनको वेभसाइट(www.nepalgunjmarathon.com)मा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने छ । गत बर्ष झैं यस बर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिनेछ ।

पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको छ ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको शुत्रमा बाँधिएको सद्भावको शहर हो । देशको संघीय संरचनामा नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलको मुख्य प्रवेश द्वार पनि हो । सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न आठ बर्ष अघि नेपालगन्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो ।

‘विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाउ“ बिशेषको पहिचान स्थापित गर्छ, बिभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । यसले सामाजिक एकताको सन्देश दिन्छ । एक हिसाबले म्याराथन एउटा उत्सव हो । उत्सव साझा हुनुपर्छ । नेपालगन्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित छ । त्यसका लागि सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ । म्याराथनलाई यसपाली अझ भब्य र उत्सवमय बनाउन हामी लागि परेका छौं । विगतका सहयात्रीहरु हामीसँग जोडिरहनु भएको छ । जारी प्रेस नोटमा उल्लेखछ ।

प्रेस नोटमा अगाडी भनिएकोछ –‘यसपाली हामीले अर्को खुशीको कुरा सुनाउन चाहन्छौं । विश्वका शीर्ष म्याराथनको प्रवद्र्धकको कार्य गर्दै आएको वल्र्ड्स म्याराथन्सले सूचिकृत गरी धारा नेपालगन्ज म्याराथनको अन्तर्राष्ट्रिय ब्राण्डिङमा मद्दत गरेको छ । यसले गर्दा यस वर्ष बिभिन्न देशका प्रतिष्ठित धावकहरुको सहभागिता रहने हामीले अपेक्षा गरेका छौं । धारा नेपालगन्ज म्याराथनमा सहभागी हुन चाहने जो सुकैले जहाँबाट पनि अब नेपालगन्ज म्याराथन डटकम (www.nepalgunjmarathon.com) वेभसाइटबाटै आफ्नो नाम दर्ता गर्न सक्ने छन् । सात वटै प्रदेशबाट सहभागी गराउने हाम्रो लक्ष्यमा बेभसाइटले मद्दत गर्ने विश्वास गरेका छौ । बेभसाइटबाट म्याराथनको गतिविधिबारेमा अपटेड हुन पाइनेछ ।’

‘मानिस चेतनशील प्राणी हो । सामुहिक जमघटलाई उत्सव बनाउने चेतना मानिसमा छ । उसलाई यो पनि थाहा छ कि सबैको सहभागिता र साझेदारीले नै उद्देश्य पूर्ति हुन्छ । समाजलाई समृद्धिको बाटोमा अग्रसर गराउँछ । आउनुहोस् नेपालगन्ज म्याराथनमा सहभागी भएर शहर चिनाउने, नेपालगन्ज र कोहलपुर सडक जोड्ने अभियानमा सहभागी बनौ’ नेपालगन्ज म्याराथनका संस्थापक÷अध्यक्ष टीएस ठकुरीले आह्वान गरेका छन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र सातौंमा एपीएफकै किरणसिंह बोगटी विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौंमा गत बर्ष गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन ।

त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने एकमात्र खेलाडी कान्छीमाया कोजु हुन् ।