कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट नरैनापुरको बजेट घटेर आयो

वित्त आयोगले ६६ लाख रुपैँया सिफारिस, गत वर्षको तुलनामा २ करोड १३ लाख कम बजेट


कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट नरैनापुरको बजेट घटेर आयो

नेपालगन्ज १७ जेठ : कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट बन्न सफल बाँकेको नरैनापुर गाउँपालिकाले कम बजेट पाएकोछ । देशभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट बन्न सफल बाँकेको नरैनापुर गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि कम बजेट पाएको हो ।

संघीय सरकारले ल्याएको बजेटमा बाँकेको नरैनापुर गाउँपालिकाले गत वर्षको तुलनामा कम बजेट पाएकोछ । त्यसो त आगामी आर्थिक वर्षका लागि बाँकेले कम बजेट पाएकोछ । चालु आर्थिक वर्षको तुलनमा आगामी वर्षका लागि बाँकेले २२ करोड ३८ लाख कम बजेट पाएको हो ।

संघीय सरकारले ल्याएको बजेटमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बाँकेले कुल ३ अर्ब ९३ करोड ३५ लाख बजेट पाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत फागनु ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार नरैनापुर गाउँपालिका देशकै पहिलो बन्न सफल भएको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्यांकन अंक प्रदान गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

कार्यसम्पादन मूल्यांकनमा नरैनापुरले ७८ दशमलव ५१८६ अंक प्राप्त गर्दै देशको पहिलो पालिका बनेको हो । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दा नरैनापुरको समग्र बजेट घटेको छ । कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट बनेको नरैनापुरलाई आगामी आर्थिक वर्षका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ६६ लाख रुपैँया वित्तीय समानीकरण अनुदान सिफारिस गरेको थियो । तर, आगामी आर्थिक वर्षका लागि सरकारले बजेट भाषण गर्दा नरैनापुरको बजेट घटेर आएकोछ ।

आगामी आर्थिक वर्षका लागि नरैनापुर गाउँपालिकाले कुल ३३ करोड ६ लाख बजेट पाएकोछ । जसमा समानीकरण अनुदान तर्फ जम्मा १० करोड ९२ लाख र सर्शत अनुदानतर्फ चालु र पुँजीगत गरि २० करोड ३९ लाख बजेट पाएकोछ ।

यस्तै विशेष अनुदानतर्फ चालु र पुँजीगत गरि एक करोड १५ लाख र समपुरक अनुदान ६० लाख बजेट पाएकोछ । नरैनापुरको चालुतर्फ ३० करोड १६ लाख र पुँजीगत प्रकृति २ करोड ९० लाख गरि कुल ३३ करोड ६ लाख बजेट पाएको हो । गत वर्षको तुलनामा यसवर्ष नरैनापुरले २ करोड १३ लाख कम बजेट पाएकोछ ।

जनसंख्या, खर्चको आवश्यकता र राजस्वको क्षमताका आधारमा यो अनुदान दिइन्छ । केन्द्र सरकारले हरेक वर्ष सशर्त अनुदानको भारी बोकाएर र आवश्यकता तथा क्षमताको आधारमा खर्च गर्नुपर्ने रकम (वित्तीय समानीकरण अनुदान) घटाएको भन्दै सिफारिस गर्ने निकाय प्राकृतिक स्रोत तथा वित्त आयोगले असन्तुष्टि जनाएको छ । तर, यो चालु वर्षमा दिइने रकम उल्लेख गरेभन्दा करिब १३ अर्ब रूपैयाँ घटाएर सिफारिस गरिएको हो ।

आयोगले गरेको सिफारिसको आधारमा सबैभन्दा बढी काठमाडौं महानगरपालिकाले ७० करोड ५५ लाख रूपैँया वित्तीय समानीकरण अनुदान पाएको छ । सबभन्दा कम पाउनेमा रोल्पाको थवाङ गाउँपालिकाको जम्मा ६ करोड ८६ लाख रूपैयाँ छ । राम्रो कार्यसम्पादनको आधारमा दिइने अनुदानको हिस्सा भने जम्मा ३.९ प्रतिशत छ । यो रकम अघिल्लो आर्थिक वर्षमा गरिएको कामलाई ११ सूचकमा मूल्यांकन गरी त्यही आधारमा दिइने गरेको छ । यसलाई पुरस्कार रकम समेत भनिन्छ ।

बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकाका लागि कुल ३ अर्ब ९३ करोड ३५ लाख बजेट अनुदान पाएकोछ । जसमा समानीकरण अनुदान तर्फ एक अर्ब २६ करोड ९९ लाख छ भने विशेष अनुदानतर्फ ७ करोड ६० लाख रहेकोछ । यस्तै चालुतर्फ ३ अर्ब ६९ करोड ९९ लाख र पुँजीगत प्रकृति २३ करोड ३६ लाख गरि कुल ३ अर्व ९३ करोड ३५ लाख बजेट अनुदान पाएको हो ।

यस्तै आगामी आर्थिक वर्षका लागि नेपालगन्ज उपमहानगरपालिकाले कुल ८८ करोड ३८ लाख पाएकोछ । नेपालगन्जको यो गत वर्षभन्दा ७ करोड ३७ लाख कम बजेट हो । यसैगरी कोहलपुर नगरपालिकाले कुल ५३ करोड ४३ लाख बजेट पाएकोछ । गत वर्षभन्दा यस वर्ष कोहलपुर नगरपालिकाले ४ करोड ७६ लाख कम बजेट पाएको छ ।

त्यसैगरी, खजुरा गाउँपालिकाले कुल ५२ करोड २६ लाख बजेट पाएकोछ । गत वर्षको तुलनामा यस वर्ष खजुरा गाउँपालिकाले २ लाख बढि बजेट पाएकोछ । यस्तै जानकी गाउँपालिकाले ३१ करोड २४ लाख बजेट पाएकोछ । गत वर्षको तुलनाभन्दा जानकीले ४ करोड २३ लाख कम बजेट पाएकोछ ।

यस्तै डुडुवा गाउँपालिकाले कुल ३३ करोड ७३ लाख बजेट पाएकोछ । गत वर्ष भन्दा यसवर्ष डुडुवाले ३ करोड ७३ लाख कम बजेट पाएको हो । यसैगरी, नरैनापुर गाउँपालिकाले कुल ३३ करोड ६ लाख बजेट पाएकोछ । गत वर्षको तुलनामा यसवर्ष नरैनापुरले २ करोड १३ लाख कम बजेट पाएकोछ ।

त्यसैगरी, बैजानाथ गाउँपालिकाले कुल ४८ करोड ७५ लाख बजेट पाएकोछ । गतवर्षको तुलनामा यसवर्ष बैजनाथले १५ लाख बढी बजेट पाएकोछ । यस्तै, राप्तीसोनारी गाउँपालिकाले कुल ५२ करोड ५० लाख बजेट पाएकोछ । गतवर्षको तुलनामा राप्तीसोनारीले यसवर्ष २१ लाख कम बजेट पाएकोछ ।

थप समाचार

यस वर्ष बाँकेले २२ करोड ३८ लाख कम बजेट पायो

कार्यसम्पादनमा देशकै उत्कृष्ट नरैनापुरले पायो ६६ लाख पुरस्कार

कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट बन्यो नरैनापुर