नेपालगन्ज ९ चैत्र : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षको लागि नरैनापुर गाउँपालिकालाई ६६ लाख रुपैँया वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ । वित्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा नरैनापुर गाउँपालिकाले पाएको ७८.५२ अंकको आधारमा देशकै पालिका मध्ये सबैभन्दा बढी बजेट पाएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
उनले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको अथक परिश्रम र कडा मेहनतको फल देशकै उत्कृष्ट गाउँपालिकाको रुपमा दर्ज गर्न सफल भएको बताए । ‘यो पुरस्कार पाउनुमा नरैनापुरबासीको समेत हात छ,’ उनले भने ।
कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउँदै लैजाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खरालले बताए । उनले कार्यसम्पादनमा पाएको सफलतालाई तल झर्न नदिने प्रतिवद्धता समेत जनाए । ‘यो सफलतालाई कायमै राखेर अझ प्रभावकारी बनाउन हामी प्रतिवद्ध छौँ,’ उनले भने ।
अन्य आधारमा सबभन्दा बढी अनुदान पाएको काठमाण्डौं महानगरपालिका कार्यसम्पादनको आधारमा भने ३०७ औं स्थानमा परेर ४८ लाख रूपैयाँ अनुदान पाएको छ ।
कार्यसम्पादनको आधारमा मंगला गाउँपालिका म्याग्दीले ६५ लाख, सिस्ने गाउँपालिका रुकुमले ६५ लाख ७७ हजार, प्युठान नगरपालिका, प्युठानले ६५ लाख र ७७.२६ सरूमारानी गाउँपालिका प्युठानले ६५ लाख रुपैँया पाएको छ ।
जनसंख्या, खर्चको आवश्यकता र राजस्वको क्षमताका आधारमा यो अनुदान दिइन्छ । केन्द्र सरकारले हरेक वर्ष सशर्त अनुदानको भारी बोकाएर र आवश्यकता तथा क्षमताको आधारमा खर्च गर्नुपर्ने रकम (वित्तीय समानीकरण अनुदान) घटाएको भन्दै सिफारिस गर्ने निकाय प्राकृतिक स्रोत तथा वित्त आयोगले असन्तुष्टि जनाएको छ । तर, यो चालु वर्षमा दिइने रकम उल्लेख गरेभन्दा करिब १३ अर्ब रूपैयाँ घटाएर सिफारिस गरिएको हो ।
आयोगले गरेको सिफारिसको आधारमा सबैभन्दा बढी काठमाडौं महानगरपालिकाले ७० करोड ५५ लाख रूपैँया वित्तीय समानीकरण अनुदान पाएको छ । सबभन्दा कम पाउनेमा रोल्पाको थवाङ गाउँपालिकाको जम्मा ६ करोड ८६ लाख रूपैयाँ छ ।
राम्रो कार्यसम्पादनको आधारमा दिइने अनुदानको हिस्सा भने जम्मा ३.९ प्रतिशत छ । यो रकम अघिल्लो आर्थिक वर्षमा गरिएको कामलाई ११ सूचकमा मूल्यांकन गरी त्यही आधारमा दिइने गरेको छ । यसलाई पुरस्कार रकम समेत भनिन्छ ।
थप समाचार
कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट बन्यो नरैनापुर
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ