नेपालगन्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको रेकर्डअनुसार मोटरसाईकल चोरी भई भेट्टाउनेको संख्या न्यून रहेको छ । आर्थिक वर्ष ०७५÷७६ को अहिलेसम्म बाँकेमा तीनवटा मोटरसाईकल चोरी भएको निवेदन ट्राफिकमा परेको छ ।
तर, अहिलेसम्म कुनैपनि मोटरसाईकल भेटिएको जानकारी ट्राफिकलार्इ छैन् । हराएका अधिकांश मोटरसाईकल भने फेला पर्दैनन् ।
चोरी भएका अधिकांश मोटरसाईकल पहाडी जिल्ला र भारतीय सीमा बजार आसपासका जिल्लामा लैजाने गरेकाले फेला पर्न नसकेको ट्राफिकको भनाइ छ । आर्थिक वर्ष ०७३/७४ मा पाँच, मोटरसाईकल हराएको निवेदन आएका थिए । ०७४/७५ मा ६ ओटा निबेदन परेको थिए । यसैगरी ०७५/०७६ मा अहिलेसम्म तीनवटा निवेदन परेको ट्राफिक कार्यालय बाँकेको रेकर्डले देखाएको छ ।
यसरी नेपालगन्जबाट हराएका मोटरसाईकल भारतीय बजारका साथै बाँकेको राप्तीपारीका विकट गाउँ र कर्णाली प्रदेशका दुर्गम जिल्लामा पुग्ने गरेको ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकाय बताउँछन् । यसरी हराएका मोटरसाई कलहरू चोरी गरी नक्कली नम्बर प्लेट र नक्कली ब्लु बुक बनाएर बिक्री वितरण गर्ने गरेको समेत पाइएको छ ।
कतिपय अवस्थामा त्यस्तालाई कारबाही समेत गरेको उनको भनाइ छ । यस्ता गिरोह सक्रिय रहेकाले पाइएको छ । शहरबाट हराएका अधिकांश मोटरसाइकल गाउँ पुग्ने गरेको र त्यहाँ सस्तो मूल्यमा बिक्री हुने गरेको प्रहरी बताउँछन् । गाउँ–गाउँमा ट्राफिक प्रहरी नपुग्ने भएको कारण पनि यस्तो समस्या बढेको हो । यसअघि बाँकेको नेपालगन्जबाट चोरिएको बस बर्दियाको बाँसगढीमा वेवारिसे अवस्थामा भेटिएको थियो ।
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी