काठमाडौं। लामो समयदेखि बन्द रहेको नेपालगञ्ज–पोखरा हवाई सेवा बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन गर्ने भएको छ। यात्रुको माग बढेसँगै कम्पनीले यो रुटमा फेरि नियमित उडान सुरु गर्न लागेको हो।
बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार नेपालगञ्ज–पोखरा रुटमा यात्रुको माग पुनः बढेकाले उडान सञ्चालन गर्ने निर्णय गरिएको हो। कम्पनीले गत जेठ ५ गतेदेखि यो सेवा स्थगित गरेको थियो।
शाहका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधै जोड्ने यो उडान धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण छ। यसअघि भारतीय धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ्नुका कारण उडान रोक्नुपरेको थियो। अहिले भारतीय धार्मिक पर्यटकको आगमन बढेसँगै पुनः सेवा सञ्चालन गर्न लागिएको उनले बताए।
बुद्ध एयरले नेपालगञ्ज–पोखरा रुटमा आइतबार, बुधबार र शुक्रबार सातामा तीन दिन उडान गर्ने तालिका तय गरेको छ। कम्पनीले यस रुटका लागि टिकट बुकिङ पनि खुला गरिसकेको जनाएको छ।
बुद्ध एयरले पहिलोपटक २०७८ साउन १७ गते सातामा तीन दिन यो सेवा सुरु गरेको थियो। उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन्। पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यो सेवा पश्चिम नेपाल र भारतीय पर्यटकलाई पोखरासँग सिधै जोड्ने भएकाले पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने बताए।
उनका अनुसार उडान सञ्चालन भएपछि नेपाली यात्रुलाई पनि पोखरा, मुस्ताङ, बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिक गन्तव्यमा पुग्न थप सहज हुनेछ। साथै बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत पश्चिम नेपालका यात्रुलाई पनि पोखरा पुग्न सहज हुने अपेक्षा गरिएको छ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?