हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ

नेपाल वायु सेवा निगममा कार्यरत दुईजना कर्मचारीलाई बिमानस्थल सुरक्षा प्रहरीले नियन्त्रणमा लिएको छ। निगमको आर्थिक प्रशासन विभागमा कार्यरत उनिहरूलाई विदेश जाँदा धेरै पैसा बोकेको भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

व्यक्तिगत घुमफिरका लागि मलेसिया जाँदै गरेका काठमाडौं महानगर २४, गोङ्बुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका( ३ की ३५ वर्षीया ममता पाण्डेले तोकिएभन्दा धेरै विदेशी मुद्रा राखेका थिए। प्रहरीले बज्राचार्यबाट अमेरिकी डलर ४३०० र पाण्डेबाट ४२०० बरामद गरेको छ।

आइतबार राति नेपाल एयरलाइन्सको उडानबाट क्वालालम्पुर प्रस्थान गर्ने क्रममा उनिहरूलाई प्रहरीले नियन्त्रणमा लिएर बिहान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाएको हो।