नेपालगन्जमा सोमबार मिस नेपाल २०२४ को अडिसन


सेतोखरी सेतोखरी   शनिबार, वैशाख ८, २०८१
नेपालगन्जमा सोमबार मिस नेपाल २०२४ को अडिसन

नेपालगन्ज ८ वैशाख : मिस नेपाल २०२४ को अडिसन सोमबार नेपालगन्जमा हुने भएकोछ । गत शुक्रबार भरतपुरबाट सुरु भएको अडिसनको नेपालगन्ज अडिसन सोमबार हुने भएको हो ।

आयोजक संस्था द हिडन ट्रेजरले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै मिस नेपाल २०२४ को नेपालगन्ज अडिसन हुन लागेको जनाएको छ । जसका लागि शनिबार मिस नेपालको टोली नेपालगन्ज आइपुगेकोछ । नेपालगन्जको होटल सिद्धार्थमा हुने अडिसनमा सहभागी हुन ईच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ । 

देशका प्रमुख सहरमा अडिसन गरिरहेको हिडन ट्रेजरले प्रतियोगितालाई फराकिलो बनाउँदै यसपटक बिर्तामोड, ईटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, सुर्खेत, पोखरा र अन्त्यमा काठमाण्डौंमा अडिसन गर्ने तयारी छ ।

क्षेत्रीय अडिसनमा मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान र मिस नेपाल सुपरानेशनल २०२० सिमाल कनोजिया सहभागी हुनेछन् । मिस नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी साउन १९ गते गोदावरी स्थित सनराईज कन्भेन्सन सेन्टरमा हुनेछ । ग्राण्ड फिनालेको प्रत्येक्ष प्रशारण कान्तिपुर टिभीबाट हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

मिस नेपाल २०२४ का लागि न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ वर्षदेखि २७ वर्षका अविवाहित नेपाली नागरिकतासहित इच्छुक युवतीले आवेदन दिन सक्ने द हिडेन ट्रजरका एडमिन राजभाई सुवालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क तिनुपर्ने छैन । भने यसपटक मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल तीन मुख्य विजेताहरु छनोट गरिनेछ ।

मिस नेपाल प्रतियोगितामा डाबर वाटिका मुख्य प्रयोजक रहेको छ । भने गाल्डार्मा सेटाफिल र वात्सल्य आईभीएफ सह–आयोजक रहेकाछन् । यस्तै अन्य थुप्रै उपशीर्षक प्रयोजक, साझोदार र समर्थक रहेको आयोजकले जनाएकोछ ।

नेपालगन्ज अडिसन अन्र्तगत आईतबार दिउँसो साढे तीन बजे होटल सिद्धार्थ भ्यूमा अडिसनमा सहभागीहरुलाई प्रशिक्षण दिइनेछ भने भोलीपल्ट सोमबार विहान ९ बजेदेखि नेपालगन्ज अडिसन हुनेछ ।

पत्रकार सम्मेलनमा नेपालगन्ज अडिसनका संयोजक जेसी विमला श्रेष्ठ, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल सुरानेशनल सिमाल कनोजिया, द हिडेन ट्रेजरका राजभाई सुवाल तथा जेसिआई नेपालगन्जका आदित्य गुप्ताको उपस्थिती रहेको थियो ।