नेपालगन्ज ८ वैशाख : मिस नेपाल २०२४ को अडिसन सोमबार नेपालगन्जमा हुने भएकोछ । गत शुक्रबार भरतपुरबाट सुरु भएको अडिसनको नेपालगन्ज अडिसन सोमबार हुने भएको हो ।
आयोजक संस्था द हिडन ट्रेजरले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै मिस नेपाल २०२४ को नेपालगन्ज अडिसन हुन लागेको जनाएको छ । जसका लागि शनिबार मिस नेपालको टोली नेपालगन्ज आइपुगेकोछ । नेपालगन्जको होटल सिद्धार्थमा हुने अडिसनमा सहभागी हुन ईच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ ।
देशका प्रमुख सहरमा अडिसन गरिरहेको हिडन ट्रेजरले प्रतियोगितालाई फराकिलो बनाउँदै यसपटक बिर्तामोड, ईटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, सुर्खेत, पोखरा र अन्त्यमा काठमाण्डौंमा अडिसन गर्ने तयारी छ ।
क्षेत्रीय अडिसनमा मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान र मिस नेपाल सुपरानेशनल २०२० सिमाल कनोजिया सहभागी हुनेछन् । मिस नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी साउन १९ गते गोदावरी स्थित सनराईज कन्भेन्सन सेन्टरमा हुनेछ । ग्राण्ड फिनालेको प्रत्येक्ष प्रशारण कान्तिपुर टिभीबाट हुनेछ ।
मिस नेपाल २०२४ का लागि न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ वर्षदेखि २७ वर्षका अविवाहित नेपाली नागरिकतासहित इच्छुक युवतीले आवेदन दिन सक्ने द हिडेन ट्रजरका एडमिन राजभाई सुवालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क तिनुपर्ने छैन । भने यसपटक मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल तीन मुख्य विजेताहरु छनोट गरिनेछ ।
मिस नेपाल प्रतियोगितामा डाबर वाटिका मुख्य प्रयोजक रहेको छ । भने गाल्डार्मा सेटाफिल र वात्सल्य आईभीएफ सह–आयोजक रहेकाछन् । यस्तै अन्य थुप्रै उपशीर्षक प्रयोजक, साझोदार र समर्थक रहेको आयोजकले जनाएकोछ ।
नेपालगन्ज अडिसन अन्र्तगत आईतबार दिउँसो साढे तीन बजे होटल सिद्धार्थ भ्यूमा अडिसनमा सहभागीहरुलाई प्रशिक्षण दिइनेछ भने भोलीपल्ट सोमबार विहान ९ बजेदेखि नेपालगन्ज अडिसन हुनेछ ।
पत्रकार सम्मेलनमा नेपालगन्ज अडिसनका संयोजक जेसी विमला श्रेष्ठ, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल सुरानेशनल सिमाल कनोजिया, द हिडेन ट्रेजरका राजभाई सुवाल तथा जेसिआई नेपालगन्जका आदित्य गुप्ताको उपस्थिती रहेको थियो ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल