नेपालगन्ज ३ असोज : लोकप्रिय नेपाली लोकपप ब्याण्ड कन्दराले स्थापनाको ३२ वर्षको अवसरमा वर्ल्ड टुरको घोषणा गरेको छ । सन् २०२४–२५ का लागि ब्याण्डले आठ मुलुकमा कन्सर्टको लाइनअप पनि सार्वजनिक गरेको छ ।
अक्टोबर–नोभेम्बरमा ब्याण्डले नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिनेछ । नोभेम्बर–डिसेम्बरमा युरोप, जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका र जुनमा क्यानडामा टुर गर्ने मिति तय गरिएको छ ।
लाइनअपमा पनि केही हेरफेर छ । लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनिल थापा, गितारमा देव लामा, बेस गितारमा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा नीरज बिके छन् । अहिले वर्ल्ड टुरको तयारी भइरहेको ब्याण्डको व्यवस्थापन हेरिरहेको आदि ग्रुप म्यानेजमेन्ट कम्पनीका निर्देशक आशिष पराजुलीले बताए ।
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो