आइसिपी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

नेपालगन्ज एकीकृत जाँच चौकी सञ्चालनमा आयो


सेतोखरी सेतोखरी   सोमबार, वैशाख २४, २०८१
आइसिपी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

नेपालगन्ज २४ वैशाख : एकीकृत जाँच चौकी(आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएकाछन् । नेपालगन्ज जमुनाह नाकास्थित एकीकृत भन्सार जाँच चौकीको सोमबार मन्त्री भण्डारीले शुभारम्भ गर्दै उनले आइसिपी सञ्चालनमा आएसगैं नेपाल–भारतसंगै तेस्रो मुलुकबीचको व्यापारमा सहजीकरण हुने बताए ।

‘एकीकृत जाँच चौकीको प्रयोगले व्यापारको सन्तुलनलाई नियन्त्रण गर्नेछ । यतिमात्र नभई चोरीपैठारी नियन्त्रणका साथै राजश्व असुली बृद्धि हुन्छ’, उनले अगाडी थपे–‘सबैभन्दा प्रमुख कुरा गैर कानूनीरुपबाट हुने चोरी पैठारी पूर्णरुपमा नियन्त्रणमा आउने छ । राजश्व असुली बृद्धि हुन्छ ।’

ICP_Nepalgunj_2081-3-1714990458.jpg
नेपालबाट दुईवटा ट्रकमा सामान पठाएर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले जाँच चौकीको शुभारम्भ गरेका थिए । योसंगै आइसिपी विधिवतरुपमा आजदेखि सञ्चालनमा आएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले एकै ठाउँबाट सेवा दिइने भएकाले व्यापारमा सहजता आउने बताए । भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले नेपाल र भारतको आयात र निकासी एकद्वार प्रणालीबाट हुने भएकाले व्यापारमा सहज हुने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

मन्त्री भण्डारीद्वारा उक्त जाँचचौकीको शुभारम्भ गरेपश्चात औपचारिकरुपमा सञ्चालनमा आएको भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए । करिब दुई अर्ब ७५ करोडको लागतमा निमार्ण भएको हो । उक्त एकीकृत जाँच चौकी निर्माणका लागि नेपाल र भारतबिच सम्झौता भएको १८ वर्षपछि एकीकृत जाँचचौकी औपचारिकरुपमा सञ्चालनमा आएको हो । एकीकृत जाँचचौकी नेपाल–भारत दुवैतर्फ निर्माण भएको छ । नेपालतर्फ जग्गा नेपाल सरकारले छुट्याए पनि पूर्वाधार भने भारत सरकारले निर्माण गरेको हो ।

ICP_Nepalgunj_2081-2-1714990500.jpg
वि.सं.२०७५ माघ १ गते भारतका तत्कालीन केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले आइसिपीको निर्माणको शिलान्यास गरेका थिए । भारततर्फ आइसीपीको शिलान्यास भएको दुई वर्षपछि नेपालतर्फ भूमि पूजन गरिएको थियो । एकीकृत भन्सार जाँच चौकी (आइसिपी) को निर्माण २०७७ साल असोज ६ गतेबाट सुरु भएको थियो । गत वर्ष जेठ १८ गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामुहिक रुपमा आइसिपीको उद्घाटन गरेका थिए ।

भारतले निर्माण सकेपछि सङ्घीय आयोजना कार्यान्वयन एकाइ बाँकेलाई हस्तान्तरण गरेपछि एकाइले नेपाल इन्टरमोडल यातायात विकास समितिलाई आइसिपी हस्तान्तरण गरेको थियो । नेपाल इन्टरमोडल यातायात विकास समितिले आइसिपी सञ्चालनका लागि २०८० असार ११ मा बोलपत्र आव्हान गरेको थियो ।

उक्त प्रक्रियामापछि टीआरएस एटलस लोजीपार्क प्रालिलाई आइसीपी सञ्चालनका लागि पूर्वाधार हस्तान्तरण गरिएको थियो । नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर जीवन ढकालका अनुसार आइसिपीका पूर्वाधारको काम सकेर सञ्चालनका लागि टीआरएसलाई जिम्मा दिइएको छ । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यातकर्ताले कम समयमै सहजरुपमा वस्तु आयात–निर्यात गर्न सक्ने छन् ।

ICP_Nepalgunj_2081-4-1714990552.jpg
सवारी साधनको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजश्व चुहावट पनि रोकिने सरकारको अपेक्षा रहेको छ । आइसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टाइन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैङ्क काउण्टर लगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ ।

यो पनि पढ्नुहोस् नेपालगन्जको एकीकृत जाँच चौकी निर्माण सुरु भएको एक दशकपछि सञ्चालनमा आयो

नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आइसिपी निर्माण गरिएको हो । दुई हजार दुई सय मिटर लम्बाइ र ६० मिटर चौडाइमा छुट्टै आइसिपीका लागि ‘एप्रोज रोड’ निर्माण गरिएको छ । सन् २००६ मा दुई देशबिच सम्झौता भएको थियो । 

यो पनि पढ्नुहोस् डेढ महिनाभित्र सम्पन्न गर्ने गरी एकीकृत जाँच चौकीको निर्माण तीव्र

यो पनि पढ्नुहोस् एकीकृत भन्सार जाँच चौकी निर्माणको कार्य तिब्र

यो पनि पढ्नुहोस् एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य शुरु