अहिले सन्तोषमाथि इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान जारी राखेको छ । सीआइबीमा आएको सूचनाका आधारमा उसलाई ३० पुसमा घनकुटे रोडबाट पक्राउ गरिएको थियो ।
‘रोजगारीमा लगाउने बाहनामा फकाउने र नयाँ दिल्लीमा लगी बेश्यालयमा बालबालिका बिक्रि गर्ने काम गरेको पत्ता लागेको छ’, सीआाइबी अधिकारी भन्छन्,‘बढीमा एक बालिकाको ६ लाखसम्म लिने गरेको प्रारम्भिक अनुसन्धानले खुलेको छ ।’
नयाँ दिल्लीको जिबि रोडमा रहेको वेश्यालयमा बालिकालाई बेची जबरजस्ती बेश्यावृत्तिमा लगाउने काममा सन्तोष सक्रिय रहेको अनुसन्धानले पुष्टि गरिसकेको छ । प्रहरी भन्छ,‘कानुनी कारबाहीका अन्य पाटामाथि अध्ययन भइरहेको छ ।
धरानबाट बिराटनगर र सुनसरीका अन्य क्षेत्रसँग जोडिएका भारतीय सीमाबाट छिराई उसले बालिकालाई नयाँ दिल्लीसम्म पुराउने गरेको खुलेको छ । बालिकालाई फकाउने उसको मुख्य योजना र भरोसा दिलाउने काम भनेको–रोजगारीको लालच रहेको खुलेको छ ।
प्रायः पूर्वी पहाडका विपन्न बालिकाहरू रोजगारीको खोजीमा धरानलगायतका सहरमा झर्ने गर्छन् । यसका काममा सन्तोषलगायत उसको समूह वा गिरोहका विषयमा पनि गहन अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।



भेरी अस्पतालभित्र कसरी भएको थियो आक्रमण ? (सेतोखरी एक्सक्लुसिभ भिडियो )
गायक रवि ओडको स्वर तथा शब्दमा ‘टुटी सक्यो मुटु’ सार्वजनिक
अदितीको रोमान्स