नेपालगन्ज १३ मंसिर : आगामी मंसिर १६ गते (आउँदो आइतबार) हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आयोगले मतदानको ४८ घण्टा अघिदेखि नै मौन अवधि लागू गर्दै आएको छ ।
यो पनि पढ्नुहोस् स्थानीय तह उपनिर्वाचन : ३८ वटा निर्वाचन अधिकृत कार्यालय स्थापना
निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नै प्रचारप्रसार गर्न नपाइने गरी मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा उम्मेदवार वा अरु कसैले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न नपाउने कानूनी व्यवस्था छ ।
निर्वाचन आयोगले देशभरका स्थानीय तहका ४४ पदमा उपनिर्वाचन गर्न लागेको हो । ४४ मध्ये तीन पदमा जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेकाले आईतबार ४१ पदका लागि मात्रै मतदान हुने छ ।
यो पनि पढ्नुहोस् स्थानीय तह उपनिर्वाचन : ठाकुरबाबा–४ को अध्यक्षका लागि ६ दलको मनोनयन दर्ता
ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसकै टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा