नेपालगन्ज २ मंसिर : आगामी मंसिर १६ गते हुने स्थानीय तहमा रहेका रिक्त पदहरूको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भएकाछन् ।
निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेको समयसम्म मनोनयन दर्ता गर्ने कार्यपालिका तय गरेको थियो । सोहीअनुसार दलहरूले मनोनयन दर्ता शुरु गरेका हुन् । मनोनयन दर्ता भएसँगै उपनिर्वाचन हुने ठाउँमा चुनावी रमझम सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार विभिन्न कारणले रिक्त रहेका स्थानीय तहका जिल्ला समन्वय समितिका दुई प्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एक÷एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३४ गरी कुल ४४ पदमा यस पटक उप निर्वाचन भइरहेको छ ।
यसैबीच, लुम्बिनी प्रदेशको बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि ६ दलले मनोनयन दर्ता गराएकाछन् ।
आईतबार भएको मनोनयन दर्तामा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (नाउपा) गरी ६ दलले उम्मेदवारी दर्ता गराएका हुन् ।
काँग्रेसबाट अमिन थारु, एमालेबाट विष्णुप्रसाद देवकोटा, माओवादीबाट शेर बहादुर थारु, रास्वपाबाट बासुदेव शर्मा, राप्रपाबाट रत्न शाही, नाउपाबाट प्रितिलाल थारुले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपालगन्जबाट लगेर सुर्खेतमा बेच्थे खैरो हिरोइन, सशस्त्र प्रहरीकै दुई जवान पक्राउ
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर
बसभित्र महिलामाथि हातपात गर्ने कञ्चनपुरका तीन युवा पक्राउ
सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन