नेपालगन्ज। लुम्बिनी विकास कोषमा भएको नियुक्तिको विषयलाई लिएर काठमाडौंसमेत विरोध प्रदर्शन भएको छ। लुम्बिनीका स्थानीय सरोकारवाला संघसंस्थाले त्यहाँ चलाइरहेको विरोधलाई अब काठमाडौंमा पनि निरन्तरता दिइएको हो।
सोमबार जेनजी नागरिक अभियानको ब्यानरमा विभिन्न क्षेत्रका व्यक्तिहरूले आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।
नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न तथा नियुक्तिको कानुनी आधार र औचित्य सार्वजनिक गर्न माग गर्दै अभियानले विरोध प्रदर्शन गरेको हो। यो प्रदर्शनमा विभिन्न क्षेत्रका व्यक्तित्व र बौद्ध भिक्षुहरूसमेत सहभागी भए।
-1793006859.jpg)
विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले उक्त कार्यक्रम सरकारको ध्यानाकर्षण गराउन गरिएको सांकेतिक विरोध भएको बताए।
उनले सरकारले विवादित निर्णयहरू सच्याउनुपर्नेमा जोड दिँदै आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय तत्काल खारेज गर्न माग गरे।
‘यो आन्दोलनभन्दा पनि सरकारलाई गराइएको सांकेतिक ध्यानाकर्षण हो। सरकारले गरेका विवादित निर्णयबाट पछि हटेन भने आन्दोलन कस्तो हुन्छ भन्ने कुरा पछि देखाउँछौँ,’ सिंहले भन ।
सरकारले आफूखुसी निर्णय गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै सिंहले नियुक्तिसम्बन्धी निर्णयप्रति अभियानको गम्भीर आपत्ति रहेको उल्लेख गरे।
-1793006877.jpg)
उनका अनुसार उक्त नियुक्ति खारेज हुनुपर्ने माग राष्ट्रिय जेनजी नागरिक अभियानको मात्र नभई विरोध कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूको समेत रहेको छ।
अभियानले नियुक्तिसम्बन्धी विवादको निष्पक्ष छानबिन गरी निर्णयको कानुनी आधार र औचित्य स्पष्ट पार्न सरकारसँग माग गरेको छ।
गत असोज ३० गते सरकारले आनीलाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। त्यसलगत्तै लुम्बिनी बचाउ महाअभियानमा आवद्ध हजारौं संघसंस्थाहरूले लुम्बिनीमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। त्यहाँका भिक्षुहरूले समेत उनलाई प्रवेश निषेध गर्ने भन्दै विरोधमा उत्रिएका छन्।
-1793006925.jpg)
-1793006924.jpg)
-1793006922.jpg)
-1793006922.jpg)
-1793006914.jpg)
-1793006916.jpg)
-1793006859.jpg)
-1793006910.jpg)
लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध काठमाडौंमा पनि प्रदर्शन (तस्विरहरूसहित)
लायन्स र राेयल्सका राेचक भेट : लुम्बिनीलाई ताज जाेगाउने चुनाैती, बदलाकाे रणनीतिमा सुदूरपश्चिम
बाँकेका सांसद खगेन्द्रको फेरि ‘इन्कारी स्पष्टीकरण’, छानबिन झन् जटिल र लामो हुने
डुडुवाले राप्तीमा जबर्जस्ती उत्खनन् गर्न थालेपछि राप्ती सोनारीको विरोध
श्रीमतिको हत्या गरेर आफू रुखमा झुन्डिए उमेश, चार वर्षीय छोरा पनि घाइते
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’