स्थानीय तहको सिमा विवाद, नदीको स्रोत प्रयोगमा जटिलता
नेपालगन्ज। बाँकेको पूर्वी छेऊमा बगिररहेको राप्तीको वारिपारि छन्, डडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिका। यही नदीका कारण यी दुई गाउँपालिकाबीच केही ठाउँमा लामो समयदेखि सिमा विवाद कायमै छ।
राप्ती सोनारीको वडा नं ६ र डुडुवाको वडा नं ५ बीच लामो समयदेखिको सिमा विवाद नटुङ्गिदा राप्ती नदीको नदीजन्य वस्तु कसले प्रयोग गर्ने भन्नेबारे दुई स्थानीय तहबीच लफडा बढ्दै जान थालेको छ। कहिलेकाहिँ नदीले धार बदल्ला त्यसमा झन् जटिल समस्या उत्पन्न हुने गरेको छ।
अहिले फेरि नदीको बालुवा-गिट्टी झिक्ने क्रममा दुई वडाबीच विवाद उत्पन्न भएको छ। खासगरी दसैंको विदाको मौका पारेर डुडुवा गाउँपालिकाले त्यहि विवादित ठाउँमा उत्खनन् गर्न थालेपछि राप्ती सोनारीको वडा नं ६ ले त्यसको विरोध जनाएको छ।
वडा अध्यक्ष लवराज खरेलसहित त्यहाँका स्थानीयले उत्खनन् स्थलमै पुगेर त्यसलाई रोक्नेक्रममा केही विवादसमेत भएको थियो। पछि त्यहाँ आएका प्रहरीअधिकारीसँग खरेलले यो विवादित ठाउँ भएको र उत्खननको अनुमतिसमेत नभएको भन्दै विवाद साम्य नभसम्म रोकिदिन अनुरोध गरेका थिए।
वडअध्यक्ष खरेलका अनुसार बिनाकुनै कागजपत्र डुडुवा गाउँपालिकाका अध्यक्षको ठाडो आदेशमा दुईवटा एक्साभेटर लगाइएको थियो।
‘हामी बिहानमात्रै त्यहाँ पुग्यौं। तर विदाको मौका छोपेर डुडुवाले निरन्तर उत्खनन् गरिरहेको रहेछ। हामीले त्यसलाई रोक्ने प्रयास गरेका छौं’ उनले भने ‘गाउँपालिकाका अध्यक्षले ठाडो आदेश दिनुभएको रहेछ। त्यहाँ डुडुवातिरका कुनै पनि जनप्रतिनिधि हुनुहुन्थेन। गाउँपालिकाका अध्यक्षले पनि फोन उठाउनुभएन।’
उनका अनुसार डुडुवाले नदीको धारसमेत परिवर्तन गरेर फत्तेपुरतिरको तटबन्धनजिकैबाट उत्खनन् गरिरहेको छ। यस्ता संरचनाको ५ मिटरवरिपरि कुनै पनि प्रकारका उत्खनन् गर्न पाइदैँन। त्यसमा पनि राप्ती सोनारीको त्यो बस्ती आफैमा जोखिमयुक्त वस्ती हो।
वडाअध्यक्ष खरेलका अनुसार त्यहाँ लगभग १६० घरहरू छन्। जो कैयौपटक राप्तीकै बाढीको डुबानमा परिसकेका छन्।
‘यस्तो संवेदनशील बस्ती छ। त्यसमा पनि सिमा विवाद छ। हामीले पहिला यो कुरा टुङ्गो लगाऔं भनेर पहल गरिरहेका छौं। डुडुवातिरका जनप्रतिनिधिहरू त्यो समाधान गर्नै चाहनुहुन्न’ उनले भने ‘उहाँहरूले नदीको धारसमेत परिवर्तन गराएर हाम्रोतिरको स्रोत खोतलिरहनुभएको छ। यस्तो गर्नै मिल्दैन। कानुनीरुपमा पनि मिल्दैन। त्यसमा पनि जोखिमयुक्त वस्ती छ। अझ त्यसमा सिमा विवादसमेत छ।
वडाअध्यक्ष खरेल स्थानीय जनतासहित उत्खननस्थल पुगेर तत्काल उत्खनन रोकेका थिए। बर्खायाममा आउने बाढीका कारण वर्षौंदेखि डुबान र कटानको पीडा भोग्दै आएका राप्तीसोनारी–६ लगायतका बस्तीहरू नजिक उत्खनन् गरिरहँदा अझ ठूलो विपत्ति निम्त्याउन सक्ने वडाअध्यक्ष खरेलको भनाइ छ। नदीछेउमा रहेको खलुटपरी गाउँमा २०७१ र २०७४ सालको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। त्यसमा पनि नदीको प्राकृतिक धार नै परिवर्तन गरेर त्यसरी गह्रुंगा मेसिनहरू लगाएर उत्खनन् गर्दा जोखिम झन् बढेको छ।
यी दुई वडाबीच सिमानाको विवाद भनेको नदीको बहाव पनि हो। नदीले आफै धार परिवर्तन गरेपछि दुई पालिकाको भौगोलिक विभाजनका बेलामा राप्ती सोनारी वडा नं ६ का धेरै स्थानीयको जमिन डुडुवाको वडा नं ५ तिर परेको छ। जसले गर्दा सम्पत्ति करमा समेत जटिलता उत्पन्न हुँदै आएको छ।
यसअघि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयमा पटक पटक सिमा विवाद अन्त्य गर्नका लागि छलफल पनि भएका छन्। तर त्यो मुद्दा टुङ्गिएको छैन। तर उक्त विवादित स्थलमा कुनै पनि पक्षले उत्खनन् नगर्ने मौलिक सहमति पनि भएको थियो। तर उक्त सहमति डुडुवा गाउँपालिकाले पालना गरेको छैन।
डुडुवाले राप्तीमा जबर्जस्ती उत्खनन् गर्न थालेपछि राप्ती सोनारीको विरोध
श्रीमतिको हत्या गरेर आफू रुखमा झुन्डिए उमेश, चार वर्षीय छोरा पनि घाइते
बाँकेमा शान्तिपूर्ण भयो मूर्ति बिसर्जन, प्रहरी प्रमुख जिसी भन्छन्, ‘हामी पहिलादेखि नै समुदायमै थियौं’
बाँकेकाे कसुमनजिकै दुई कार जुधे एकजनाको मृत्यु, छ जना घाइते
दलाई लामासँग जोडिएको आनीको अर्को परिचय ‘तिब्बती बौद्ध भिक्षुणी’
बाटोमा खेलिरहेका थिए छ वर्षीय बालक, ढुङ्गाले हानेर हत्या !