नेपालगन्ज। सुत्केरी व्यथा लागेर थला परेकी एक महिलालाई पाँच दिनपछि जिल्ला हुम्लाबाट उद्धार गरिएको छ। नेपाली सेनाले आफ्नो हेलिकप्टरमार्फत उनलाई उद्धार गरेर स्वास्थ्य संस्था पुर्याएको हो।
व्यथा लागेर थला परेकी नाम्खा गाउँपालिका–३ की ३३ वर्षीया डिकी साङमु तामाङ (लामा)लाई शुक्रबार बिहान हेलिकप्टरबाट उद्धार गरी कालागाउँस्थित सुर्खेत प्रादेशिक अस्पतालमा पुर्याइएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले बताइन्।
आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायको पहलमा शुक्रबार बिहान उद्धार गरिएको हो।
व्यथा लागेकी लामालाई रगतको अभाव हुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए।
विशेषज्ञ चिकित्सक, सीमित साधनस्रोत तथा आवश्यक उपकरणको अभावले यहाँका महिलाहरूले अकालमै ज्यान गुमाउनु परिरहेको छ।
यस्तै, नेपाली सेनाको हेलिकप्टरको खर्च संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको 'राष्ट्रपति महिला उद्धार कार्यक्रम'ले बेहोर्दै आइरहेको छ।
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर
बसभित्र महिलामाथि हातपात गर्ने कञ्चनपुरका तीन युवा पक्राउ
सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन
दाङमा बन्नेछ, योगी नरहरिनाथका नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र