नेपालगन्ज। लागु औषधको कारोबारमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरी दुईजना सुरक्षाकर्मीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतमा लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीको टोलीले ती चारजनालाई पक्राउ गरेको हो।
सुर्खेतको वीरेन्द्रनगरपालिका घर भएका उनिहरूलाई सुर्खेतबाटै प्रहरीले पक्राउ गरेको हो। ब्यूरोका सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय नवराज चालिसे र कार्यालय सहयोगी २३ वर्षीय रुपेश घर्ती मगर पक्राउ परेका हुन्।
उनिहरू दुबैजना सशस्त्र प्रहरीको नम्बर–६ महेश्वरी बाहिनीमा कार्यरत थिए। सहायक हवलदारसँग उनको परिचय पत्र र कार्यालय सहयोगी घर्तिमगरको साथमा सशस्त्रको नियुक्तिपत्र समेत थियो। उनिहरूसँगै प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१३ घर भएका २७ वर्षीय कुमार बहादुर रास्कोटी र वीरेन्द्रनगर–१२ घर भएका ३१ वर्षीय बलराम पौडेललाई पनि नियन्त्रणमा लिएको छ।
उनिहरूलाई १३ ग्राम ७ सय मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता (एसपी) दुर्गाराज रेग्मीले बताए।
प्रहरीले शुक्रबार कुमार बहादुर रास्कोटीलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले सशस्त्रका कार्यालय सहयोगी रुपेश घर्तिमगर सँग खरिद गर्ने गरेको बयान दिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनकै बयानका आधारमा अरु पनि पक्राउ परेका थिए।
प्रहरीका अनुसा उनिहरूले नेपालगन्जबाट खैरो हिरोइनलगायतका लागु औषध लगेर सुर्खेतका प्रयोकर्ताहरूलाई बेच्दै आएका थिए। उनिहरू सबैलाई थप अनुसन्धानका लागि सुर्खेत जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ।
नेपालगन्जबाट लगेर सुर्खेतमा बेच्थे खैरो हिरोइन, सशस्त्र प्रहरीकै दुई जवान पक्राउ
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर
बसभित्र महिलामाथि हातपात गर्ने कञ्चनपुरका तीन युवा पक्राउ
सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन