काठमाडौं: नेपालगन्ज घटनाबारे पत्रकार सम्मेलन गरिरहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षा दिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिदा नेपालगन्जबाट काठमाडौं आउनु पर्ने विमान डिले भएपछि शाहीको समूहले विरोध गरेको थियो । त्यसक्रममा मन्त्रीहरुमाथि गालीगलौज समेत भएको थियो ।
आफ्ना कारण विमान उड्न करिव १५ मिनेट ढिला भएको भन्दै मन्त्रीले माफी मागेका छन् । तर, मन्त्रीले झुट बोलेको भन्दै ‘नेपालका लागि नेपाली अभियान’का अभियान्त समेत रहेका शाहीले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन राखेका थिए ।
पत्रकार सम्मेलनमा शाही र सहभागीबीच चर्काचर्की भएपछि प्रहरीले उनलाई त्यहाँबाट उद्दार गरेको छ ।
‘हामीले उहाँलाई जावलाखेलतिर ल्याइरहेका छौं । केही घटना नहोस् भनेर ल्याएका हौं’, ललितपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भने ।
यसैबीच, भ्रष्टाचार विरुधी अभियन्ता ज्ञानेन्द्र शाहीले नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि गरेको दुव्र्यवहारको विरोध गरिएकोछ ।
नेपालगन्जका विभिन् विद्यार्थी तथा युवा संगठनले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै शनिबार भएको नेपालगन्जको घटनाको विरोध गरेकाछन् ।
विद्यार्थी संगठन अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाह, अनेरास्ववियु(क्रान्तिकारी) बाँकेका अध्यक्ष सुरेन्द्रजंग शाह(जम्बो) तथा युवा संघ नेपाल, बाँकेका अधयक्ष किशोर थापा र वाइसिएल नेपाल बाँकेका अध्यक्ष सुरज जागाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भ्रष्टचार, सु–शासनको वकालत गर्नेहरुले पहिले सभय र शिष्टता सिक्नुपर्ने बताइएकोछ ।
आवेकमा आएर होइन विवेक र आत्म संयमताले अभियानलाई अघि बढाउन अनुरोध गर्दै विरोधका नाममा अराजक, हिंस्रक र अमार्यदित कार्य नगर्न समेत चेतावनी दिइएको विज्ञप्तीमा उल्लेखछ ।