नेपाली काँग्रेस बाँके संगठन विभाग प्रमुख मल्लले दिए राजिनामा


नेपाली काँग्रेस बाँके संगठन विभाग प्रमुख मल्लले दिए राजिनामा

नेपालगन्ज: नेपाली काँग्रेस बाँकेका संगठन विभाग प्रमुखले राजिनामा दिएका छन् । नेपाली काँग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरीले राजिनामा दिएका हुन् ।

आईतबार उनले नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाँकेको नाममा राजिनामा दिएको बताएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

घर व्यवहारका कारण संगठन विभाग जस्तो गरिमामय पदमा रही काम गर्न नसक्ने बताउदै मल्लले राजिनामा दिएका हुन् । उनले भने आज भदौ २९ गतेकै मितिबाट लागु हुने गरि राजिनामा पेश गरेको छु । मेरो राजिनामा स्विकार हुनेछ ।

बाँकेको खजुरा गाँउपालिका निवासी मल्ल नेपाली काँग्रेसको १३ औं महाधिवेशन पछी नेपाली काँग्रेस बाँकेको संगठन विभाग प्रमुख भएका थिए । उनले दिएको राजिनामा स्विकृत हुने वा नहुने भन्ने विषयमा पार्टिको आधिकारिक धारणा अझै नआएको बुझिएको छ ।