नेपालगन्ज : प्रदेश नं. ६ सुर्खेत वीरेन्द्रनगर वडा नम्बर–३ स्थित होटल भिजिट रारा प्रा.लि अगाडीबाट चितुवाको छाला सहित एक जना पक्राउ परेका छन् ।
प्रदेश नम्बर पाँचको अनुसन्धान समुहले सुर्खेत एरी चोकस्थित उक्त होटल अगाडीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रास्कोट नगरपालिका वडा नम्बर ४ स्युना कालिकोटका २९ वर्षीय प्रभाकर उपाध्याय रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको ब्यक्तिबाट दुई थान चितुवाको छाला बरामद गरिएको प्रहरीले बताएका छन् । पक्राउ परेका उपाध्यायलाई प्रहरी हिरासतमा राखिएको छ । उक्त चितुवाको छाला कहाँबाट कसरी ल्याइएको सो बारेमा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएकोछ । अनुसन्धानपछी दोषीमाथि कानूनी कारबाही अघि बढाईने प्रहरीले बताएकोछ ।
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी