नेपालगन्ज : बाँकेको कोहलपुरकी एक महिलालाई सिमावर्ती भारतीय नाका रुपैडिहमा अफिमसहित पक्राउ परेकी छन् । भारतीय सिमा सुरक्षा बल एसएसबी र भारतीय प्रहरीको संयुक्त चेकिङ्ग अभियानमा नेपालबाट भारत जाँदै गरेको अवस्थामा दुई किलो आठ सय ग्राम अफिमसहित बाँके कोहलपुरकी जोगमाया भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेकी हुन ।
भारतीय एसएसबी ४२ वीं वाहिनीका सहायक उप निरीक्षक राजेन्द्र कुमारले जोगमायाको साथबाट २ किलो ८ सयग्राम अफिम चेकिङ्को बेलामा बरामद भएको बताए । उक्त संयुक्त अभियानमा थानाको एसआई अजीतकुमार तिवारी, एसएसबीका एसआई रजिन्दर कुमार, कांस्टेवल सौरभ कुमार, थाने कांस्टेवल परशुराम, महिला जवान सन्तोष र मेनकाको टोलीले पक्राउ गरेको जमुनाह प्रहरीले बताएको छ ।