भयानक बन्दै क्यान्सर


भयानक बन्दै क्यान्सर

नेपालगन्ज : नेपालमा क्यान्सरको जोखिम दिनानुदिन बढिरहेको छ । बर्सेनी २६ हजार १ सय ८४ नयाँ क्यान्सर रोगी थपिँदैछन् । जसमध्ये १९ हजार ४ सय १३ जनाको क्यान्सरकै कारण हरेक वर्ष मृत्यु हुने गरेको छ ।

क्यान्सर हुने यकिन कारण हालसम्म पत्ता लाग्न सकेको छैन । समयमै पहिचान गर्न सके निको हुन्छ । तर, बिरामीहरू ढिलो अस्पताल पुग्ने भएकाले क्यान्सरका बिरामी बढिरहेका छन् ।

बदलिँदो जीवनशैली, खानपान, वंशानुगत र सुर्तीजन्य पदार्थले क्यान्सरको उच्च जोखिम बढाइरहेको छ । नेपालमा २३ प्रतिशत फोक्सोको क्यान्सर, १७ प्रतिशत पाठेघरको मुखको क्यान्सर, १५ प्रतिशत स्तन क्यान्सर, १५ प्रतिशत पेटको क्यान्सर, सात प्रतिशत घाँटीको क्यान्सर, ७ प्रतिशत अण्डाशयको क्यान्सर, सात प्रतिशत मूत्रथैलीको क्यान्सर देखिएको अध्ययनले पुष्टि गरेको छ ।

पित्ताशयको क्यान्सर ५ प्रतिशत, कलेजो क्यान्सर ५ प्रतिशत र मलाशयको क्यान्सरका बिरामी ४ प्रतिशत छन् । बर्सेनी २ हजार ३ सय ३२ महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सरकारी तथ्याकं छ ।

Kids Festival 2022
kanti aarogya hospital

जसमध्ये १ हजार ३ सय ६७ जनाको मृत्यु हुन्छ । ८० दशमलव ९ प्रतिशत पाठेघर मुखको क्यान्सर देखिने गरेको छ । सुर्तीजन्य वस्तुको प्रयोगले मुख, नाक, गला, घाँटी र फोक्सोमा क्यान्सरको जोखिम बढी हुन्छ ।

शरीरको कुनै भागमा भएको घाउ लामो समयसम्म निको भएन भने त्यसले पनि पछि क्यान्सरको रूप लिन सक्ने चिकित्सकहरू बताउँछन् ।