अगैया बजारमा एक युवक माथि सांघातिक हमला

३ पक्राउ ४ फरार


अगैया बजारमा एक युवक माथि सांघातिक हमला

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका दुई अगैया बजारमा एक युवक माथि सांघातिक हमला भएको छ । राप्ती सोनारी ४ लटनिया निवासी २५ बर्षिय देवेन्द्र बुढामगर माथि अगैया बजारमा शनिबार राती सांघातिक हमला भएको हो ।

घरबाट काठमाडौ विदेशका लागि हिडेका मगर माथि छुरा, खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट उनको टाउँको र शरिरको विभिन्न भागमा गहिरो घाउँ भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायव निरिक्षक कमल थापा क्षेत्रीका अनुसार घटनामा संलग्न ओपेन्द्र केसी, ओपेन्द्र बुढा र भुपेन्द्र थापा मगरलाई पक्राउ गरि अनुसन्धान थालिएको छ ।

घटनामा संलग्न मुख्य दोषी मदन भण्डारी, निमकान्त भण्डारी, फेमश खड्का र गगन फरार रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको छ । घाइते मगरको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।