बाघले मान्छे खायो


बाघले मान्छे खायो

नेपालगन्ज: भारतबाट आएको पाटेबाघको आक्रमणमा परि एक जनाको मृत्यु भएकोछ । बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर २ साविक जमूनी गाविस वडा नम्बर ५ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको हो । 
बाघकै आक्रमणमा परि अर्का स्थानीयबासी ३० वर्षिय विजय बुढा सामान्य घाईते भएकाछन् । बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा घाउ बनेकोछ । घाईते दुवैजनालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएपनि शाहीको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरी चौकी जमुनीका ईन्चार्ज प्रहरी नायव निरिक्षक लोकेन्द्र कार्कीले दिएको जानकारी अनुसार गौघाटबाट सीतापुर जाने पक्की पुलको बाटोमा सोमबार बेलुका ५ः२० मा उनीहरुमाथि पाटे बाघले आक्रमण गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

बेलुकाको समय नहरछेउको थप्पलटको रहरबारीमा रहेको पाटेबाघले स्थानीय चन्द्रबहादुर शाहीलाई आक्रमण गरेको हो । शाहीलाई बाघले आक्रमण गरेको खबर पाएपछि गाँउलेले उनलाई बचाउन थाले तर बाघले पुनः आक्रमण गरेपछि स्थानीय विजय बुढामाथि बाघ जाइलाग्यो । बुढा घाईते भए । पत्रकार एवंम स्थानीयबासी गणेश राईले सद्भावलाई जानकारी दिए ।
घटनालगत्तै प्रहरी घटना स्थलमा पुगेकोछ । सो क्षेत्रमा यतिवेला स्थानीयको सुरक्षाको लागि ईलाका प्रहरी चौकी मैनापोखर, प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्पबाट सुरक्षाकर्मी घटनास्थलमा खटेका छन् । बाघको खोजी कार्य भइरहेको प्रहरी चौकी जमुनीका ईन्चार्ज प्रहरी नायव निरिक्षक लोकेन्द्रले बताए । केही दिनअघि बाघले सोही ठाउँ नजिकै मानखोलामा निलगाई र घरपालुवा गाई मारेको पाइएपछि स्थानीय सचेत रहदै आएता पनि सोमबार बेलुका गाँउमै पसरे बाघले आक्रमण ग¥यो । (तस्विरः पत्रकार गणेश राई)