राजश्वद्वारा न्यूरोडमा छापा, सिद्दिकी फरार

लाखौं मूल्यको अबैध सामान बरामद


राजश्वद्वारा न्यूरोडमा छापा, सिद्दिकी फरार

नेपालगन्ज : नेपालगन्जमा ठूलो परिमाणमा खाद्य बस्तु सहित कपडा बरामद गरिएको छ । नेपालगन्जमा अबैधरुपमा भित्राईएको उक्त सामाग्री विशेष सुरागीको आधारमा वडा प्रहरी कार्यालय र राजश्व अनुसन्धान कार्यालयको सयुक्त टोलीले नेपालगन्ज २ बुद्धटोल(न्यूरोड)बाट बरामद गरेको हो ।

अबैधरुपमा ल्याइएको नेपालगन्ज वडा नम्बर २ स्थित एक गोदाम घरमा भण्डार गरि राखिएको अवस्थामा बरामद गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख नारायण डाँगीले बताए । उनका अनुसार अनुमानित दुई सय बोरा चामल र चेक सट ४ सय बीस थान, पेलेन सट ८० थान, सेन्डो १ हजार ४ सय ४० र अण्डरवियर २७ प्याकेट बरामद गरिएको हो ।


नेपालगन्जका सरिफ सिद्दिकीले सञ्चालन गरेको स्वस्तिक टे«डर्सको नाममा दर्ता भएको उक्त कम्पनीले राजश्व छली गरि नक्कली चामल विक्रि वितरण गर्दै आएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

गर्ग एग्री प्रोडक्टस ईन्डिट्रिसको नामबाट विक्री भइरहेको सुमो नामको चामलको हुबहु नक्कल गरि सो चामल विक्री गरिरहेको खबर पाएपछि राजस्व कार्यालय तथा वडा प्रहरी कार्यालयले मङ्गलबार बेलुकी साढे सात बजे छापा हानेको हो ।


ठूलो परिमाणमा भण्डारण गरि राखेको चामल तथा लत्ता कपडा प्रहरीले बरामद गरेको छ । स्वस्तिक ट्रेडर्सका सञ्चालक सरिफ सिद्धिकी फरार छन् । राजश्व अनुसन्धान कार्यालयका सुरेन्द्र पाण्डेको नेतृत्वमा पुगेको टोलीले उक्त सामान बरामद गरेको हो । सो टोलीले गोदाम घरको सटर फोडेर अबैद्ध सामान बरामद गरेको हो । यतिवेला नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा राजश्व कार्यालयको उपस्थिती छ । बरामद गरिरहेको सामानको विवरण तयार गरिरहेको वडा प्रहरी कार्यालयका माधव रिजालले जानकारी दिए ।