रेन्जर सहित ४ कर्मचारी अख्तियारको नियन्त्रणमा


रेन्जर सहित ४ कर्मचारी अख्तियारको नियन्त्रणमा

नेपालगन्ज : अख्तियार दुरुपायोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय नेपालगन्जमा कार्यरत चार जना कर्मचारीलाई घुष सहित रंगेहात नियन्त्रणमा लिएकोछ ।
सेवाग्राहीबाट घरको आवाधिक रुख कटानका लागि कागजपत्र मिलाईदिने भन्दै रकम लिएर भागबण्डा गरिरहेको अवस्थामा अख्तियारले नेपालगन्जको सुर्खेतरोड स्थित स्नेहा होटल अगाडीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपायोग अनुसन्धान आयोग, नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार सेवाग्राहीबाट चारजनाले १० हजार रुपैयाँ लिएका छन् । उक्त रकम चारजनाले बाँडिरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको प्रमुख गैरेले भने–‘पक्राउ परेका चारैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएकोछ । यसरी घुससहित पक्राउ पर्नेमा रेन्जर जगबिर केसी, फरेस्टर बहादुर केसी, केसवबहादुर ओली र वन रक्षक हरिबहादुर चन्द रहेकाछन् ।’

Kanti Aarogya Hospital Nepalgunj