मामाद्वारा भान्जीलाई करणी


मामाद्वारा भान्जीलाई करणी

राजु लामिछाने
रुकुम पश्चिम : हाडनाता करणी उद्योग अन्तर्गत एक युवालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ । प्रहरीका अनुसार, जिल्लाको आठबिसकोट नगरपालिका वडा नं. १० बस्ने २० वर्षीय विकाश भनिने मनवीर मल्ललाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको हो ।
आफ्नै भान्जी नाता पर्ने १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । पीडितकै घरमा माघ २२ गते राती ९ बजे मल्लले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी उद्योग अन्तर्गत मल्ललाई मुद्दा दायर गरी कानून बमोजिम कारबाही सुरु गरिएको डिएसपी खड्काले बताए । उनका अनुसार, मल्लमाथी हाडनाता करणी मुद्दा समेत दर्ता भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj