दुर्घटनामा घाईते सांसद उत्तर ओलीको अवस्था चिन्ताजक


दुर्घटनामा घाईते सांसद उत्तर ओलीको अवस्था चिन्ताजक

पाँच नम्बर प्रदेशका घाईते सांसद उत्तरकुमार ओली

नेपालगन्ज : दाङमा बस र जिप एक आपसमा ठोकिदाँ भएको दुर्घटनामा परि घाईते भएका पाँच नम्बर प्रदेशका सांसद उत्तरकुमार ओली अवस्था चिन्ताजनक रहेकोछ ।

घोराही–लमही सडकमा बिहीबार बेलुका पौने ५ बजेतिर उक्त दुर्घटना भएको थियो । घाईते सांसद ओलीको यतिबेला नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि दाङमा सामान्य उपचार गरि थप उपचारका लागि उनलाई कोहलपुर ल्याइएको हो ।

उपचार संलग्न चिकित्सकहरुले घाईते सांसद ओलीको अवस्था चिन्ताजनक रहेको बताएकाछन् । अवस्था चिन्ताजनक रहेकाले चिकित्सकहरुले घाईते सांसद ओलीलाई थप उपचार गर्न लखनऊ समेत लग्न नसकिने बताएपछि अहिले उनलाई भेन्टिलेटरमा राखिएको अस्पताल श्रोतले बताएकोछ । कोहलपुर शिक्षण अस्पतालमा अहिले नेकपाका नेता, कार्यकर्ताहरुको भीड लागेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

दाङ्गको घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुर आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद ओली सवार कारलाई ठक्कर दिएको थियो । सोही दुर्घटनामा परि रूकुम पश्चिम खलंगा नगरपालिका वडा नं.२, मुसिकोट निवासी अन्दाजी २७ वर्षीया रमिता शर्माको मृत्यु भएकोछ । घोराही उपमहानगरपालिका वडा नं.३ स्थित मसोट खोलाको ओरालोमा कारलाई जोगाउन प्रयास गर्दा बस तल खसेको थियो ।