२५ वर्षपछि अभुक्त पक्राउ


२५ वर्षपछि अभुक्त पक्राउ

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो समय अदालतबाट कैद तथा जरिवाना तोकिएका व्यक्तिहरुलाई पक्राउ गर्ने अभियान चलाएकोछ । सोही अभियान अन्र्तगत खुनडाँका मुद्धाका फरार अभियुक्तलाई २५ वर्षपछि नियन्त्रणमा लिएको छ ।

२०५० कार्तिक २७ गते खुनडाँका मुद्दामा २ वर्ष जेल सजाय सुनाईए लगत्तै फरार भएका बाँके नेपालन्ज–१६ जयसपुरका सलिम जोलाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जोलाहलाई गोप्य सूचनाको आधारमा आईतबार पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुणकुमार पौडेलले जानकारी दिए ।

सद्भावसंग कुरा गर्दै प्रहरी प्रमुख पौडेलले भने अदालतबाट कैद तथा जरिवाना तोकिएका व्यक्तिहरुलाई पक्राउ गर्ने अभियान चलाएका छौं, पछिल्लो पाँच महिनामा ७० जना फरार अभियुक्तलाई पक्राउ गरेकाछौ, उनले थपे–अपराध गरेर भाग्नेहरु ढिलोचाँडो कानूनको फन्दामा पर्छन्, यो एउटा उदाहरण हो ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले ठूलो मात्रामा रेडिमेट कपडा बरामद गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर चार बस्ने मोहम्मद वकिल हलवाईले भान्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा नेपालगन्ज बसपार्कबाट कपडा नियन्त्रणमा लिएको हो ।
हलवाईले बसपार्कबाट सो सामान अन्य जिल्ला पठाउन लागेको खबर पाए संगै प्रहरीले आफ्नो नियन्त्रण लिएको हो । करिब एक लाख ३६ हजार दुई सय ५० रुपैया बराबरको ५ सय ४५ थान रेडिमेट कपडा बरामद गरेको प्रहरीले आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।