‘एक प्रहरी चौकी, एक मोटरसाइकल’


‘एक प्रहरी चौकी, एक मोटरसाइकल’

नेपालगन्ज । प्रहरी प्रधान कार्यालयले ‘एक प्रहरी चौकी, एक मोटरसाइकल’को अवधारणा अघि सारेको छ । साधन स्रोतको अभावमा प्रहरी गतिविधि गर्न असहज भएपछि प्रहरी प्रधान कार्यालयले एक प्रहरी चौकी एक मोटरसाइकलको अवधारणा अघि सारेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

विगतको तुलनामा सडक सञ्जाल विस्तार भएको र अधिकांश स्थानमा मोटरसाइकल गुड्नसक्ने अवस्था भएकाले आवश्यक तयारी भइरहेको प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीले बताए । प्रहरी प्रधान कार्यालयका अनुसार एक प्रहरी चौकी, एक मोटरसाइकलको अवधारणा अनुसार ३ सय ४० वटा मोटरसाइकलका लागि विनियोजन भएको बजेट अनुसार खरिद कार्यको बोलपत्र मूल्यांकनको चरणमा रहेको छ ।

चौकीमा कम्तीमा एक मोटरसाइकल अनिवार्य भन्ने अभियानका साथ बाँके प्रहरीले जिल्लाका अधिकाशं चौकीमा मोटरसाइकल व्यवस्था गरिसकेको बाँके प्रहरी प्रमुख एसपी अरूण पौडेल बताउँछन् । अपराधीहरुले पनि अपराधको तरिका परिवर्तन गरेको, कतिपय अवस्थामा तत्काल प्रहरी पुग्नुपर्ने अवस्थाका लागि मोटरसाइकलको अवधारणा अघि सारेको उनी बताउँछन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी कारबाही मानव अधिकार मैत्री बनाउन पाँच वटा ‘वाटर क्यान’ खरिद गरिएको छ ।