नेपालगन्ज : प्रहरीले नेपालगन्जबाट चितुवाको छाला सहित दुईजना भरीयालाई फेरि पक्राउ गरेका छ । प्रहरीको पाँच नम्बर अनुसन्धान ब्यूरोले नेपालगन्ज बसपार्क नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।
अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीका अनुसार पक्राउ पर्नेमा रोल्पा लिवाङ १ का ४४ वर्षीय चन्द्रबहादुर घर्ती र स्मृति गाउँपालिका २ का आइते विष्ट मगर रहेका छन् । स्रोतकाअनुसार उनीहरू दुवैजना भरीया हुन् ।
यसअघि पनि बाँकेकोे बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीबाट चितुवाको छाला र दाह्रासहित दुई जनालाई प्रहरीले पक्राऊ गरेको थियो । उनीहरू पनि भरीया नै थिए । बेलाबखतमा प्रहरीले यसरी भरीया पक्राउ गर्दै आएपनि अहिलेसम्म खास मतियारलाई पक्राउ गर्न सकेको छैन् ।
यसरी पक्राउ पर्ने भरीयाले सास्ती पाउँदै आएका छन् । तर, यस्तो अबैध कारोबारमा संलग्न भई मोटो रकम कमाउँने मतियार भने सधै उम्किदै आएका छन् । यसरी पक्राउ गरेका भरीयालाई धरौटीमा छोडिएसँगै बरामद गरिएका बाघ, चितुवा लगयातका वन्यजन्तुका छाला वन तथा प्रहरीकै मिलेमतोमा वेपत्ता पारिन्छ ।
बैजनाथबाट बरामद भएको छाला कहाँ र कुन अवस्थामा छ अहिले पनि वन कार्यालयले सार्वजनिक गरेको छैन् । बाँकेमा अहिलेसम्म यसरी कति छाला बरामद भयो भन्ने यकिन विवरण समेत वन वा प्रहरी दुबैसँग भेटिदैन् । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन–२०२९ को दफा २६ (३) अनुसार थोप्ले चितुवाको अंग र प्रत्यगको चोरी सिकार गर्ने वा कारोबार गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद वा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ । तर, अहिलेसम्म निकुञ्ज र वनले यसरी मतियारलाई कानूनी कारवाही गरेको पनि छैन् ।
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी