तीन जनाको मृत्यु ५ को जिवतै उद्धार
नेपालगन्ज: नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ । बिहीबार साँझ करिब सात बजे जाजरकोटको भेरी नगरपालिका १ को खलंगा–रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब दुई सय मिटर अगाडिबाट भे १ ख १३२९ नम्बरको बस भेरीमा खसेको हो । बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ ।
प्राप्त जानकारी अनुसार जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बस दुर्घटनाको पुष्टि गर्दै उद्धारका लागि टोली परिचालन गरिएकोछ । ‘यात्रुवाहक बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने । बस्नेतका अनुसार तीन जनाको शव नदीबाट निकालिएको छ भने पाँच जना घाइतेको उद्दार गरिएको छ । उनका अनुसार टिकट नलिएर कति जनाले गाडीमा यात्रा गरिरहेको भन्ने खुलेको छैन ।
समाचार तयार गर्दासम्म मृतक र घाइतेको सनाखत भएको छैन । उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रजिअ बस्नेतले जानकारी दिए । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालिसकेको छ । बस दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्
फेरि नेपालगञ्ज-पोखरा उडान भर्दै बुद्ध एयर
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी