तस्विर सौजन्य शीतलपाटी
नेपालगन्ज : यतिबेला देशभरका सबै प्रदेशमा विभिन्न संघ संगठन संस्थामा राजनीतिक नियूक्ति बुझनेहरूको जमात नै देखिएको छ । यस महान कार्यमा खेलकुद क्षेत्र पनि अछुतो देखिदैन् । यसरी राजनीतिक नियुक्तिका लागि कर्णाली प्रदेशमा कतिपय युवाहरू तछाडमछाड गरिरहेका छन् । दलका नेता देखि खेलाडी, समाजसेवीदेखि पुर्वकर्मचारी समेत जोडतोडका साथ लागेका छन् ।
वीरेन्द्रनगरमा यतिबेला सदस्य सचिवका लागि राजनीतिक लविङमा चर्कर्दै गएको छ । यसको थोरै झल्को प्रस्तावित लुम्बिनी प्रदेशमा पनि देखिन थालेको छ । प्रदेश सरकारले ‘कर्णाली प्रदेश खेलकुद परिषद्’ को सदस्य सचिवको नियुक्ति प्रक्रिया शुरु गरेसंगै खेल क्षेत्रमा तरङग मच्चिएको छ ।
सुर्खेत र यस आसपासका केही युवाहरूको नाम चर्चामा आएको छ । जसमा पछिल्लो लिष्टअन्तर्गत सुर्खेतका ऋषि गिरी, धनश्याम पाण्डे र रविन्द्र चन्द अलि बढी चर्चामा देखिएका छन् । गिरी र पाण्डे नकेपाका युवा नेता हुन् । चन्द भने पुर्व खेलाडी नै हुन् । प्रदेशसभाबाट प्रदेश खेलकुद विकास ऐन पारित भएपछि परिषद्को पूर्ण कार्यकारी पद सदस्य सचिव नियुक्तिको चर्चा शुरु भएको सुर्खेतका पत्रकार सुदीप पुरी बताउँछन् ।
पत्रकार पुरीकाअनुसार सामाजिक विकास मन्त्रालयले तत्कालिन निमित्त सचिव विष्णुप्रसाद अधिकारीको नेतृत्वमा छनौट समिति गठन गरेको थियो । अधिकारीसहित धावक हरिबहादुर रोकाया र भलिबल खेलाडी चन्द्रकुमार गिरी रहेको छनौट समितिले १० जिल्लाबाट संकलित डेढ दर्जन व्यक्तिमध्ये १० जनाको नाम सर्टलिस्ट गरेको छ ।
चर्चामा आएका नाममध्ये योग्यता, अनुभव र क्षमताको यतिबेला लेखाजोखा भैरहेको छनौट समितिका सदस्य चन्द्र गिरी बताउँछन् । चर्चामा रहेका खेल क्षेत्रमा गरेको योगदान र अनुभवलाई हेरेर सिफारिस गर्ने हो भने पुर्वखेलाडी चन्दको सम्भावना धेरै रहेको खेलप्रेमी बताउँछन् । तर, राजनीतिक नियक्ति र लविङ तथा पहुँच नै शक्ति केन्द्रीत हुँदा नेकपाका नेता ऋषि गिरीको सम्भावना देखिएको नेकपाकै एक समुहले बताएको छ ।
गिरी जिल्ला खेलकुद विकास समिति सुर्खेतका दुई कार्यकाल अध्यक्ष र फुटबल संघका पूर्वउपाध्यक्ष र फुटबलर पनि हुन् । नेकपा जिल्ला कमिटी सदस्य घनश्याम पाण्डे खेलकुद गतिविधिमा अनुभव र खासै सम्बन्ध नभएका व्यक्ति मानिन्छन । यद्यपि उक्त पदका लागि उनी अयोग्य चाँही होइन । उक्त पदमा भए पाण्डेले खेलकुदको विकासमा धेरै टेवा पु¥याउँन सकने आम नागरिकको बुझाई पनि छ ।
प्रदेश सरकारलाई सरोकारवालाहरुले भने खेल क्षेत्रमा संलग्न व्यक्तिलाई नै सदस्यसचिव बनाउन दबाब दिएका छन् । राजनीतिक कार्यकर्तालाई अन्य कुनै पदमा नियुक्त गर्न सकिन्छ, यसमा भने खेल क्षेत्र बुझेकै व्यक्ति हुनुपर्छ भनेर सुझाव दिएको खेलाडी अमर चन्द बताउँछन् ।
छनोट समितिले तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।
मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले एकजनालाई सदस्य सचिवमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ । ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन’ मा परिषद्को कार्यकारी प्रमुखको रुपमा एकजना सदस्य सचिव रहने प्रावधान छ ।
सामाजिक विकास मन्त्रीको अध्यक्षतामा गठन हुने ९ सदस्यीय प्रदेश खेलकुद परिषदमा एकजना उपाध्यक्षसहित मन्त्रालयका सचिव, समावेशी सिद्धान्तको आधारमा चारजना र अपांगता भएका एकजना गरी ५ जना सदस्य तथा एकजना सदस्यसचिव रहने व्यवस्था छ ।
परिषद्को पूर्णकालीन कार्यकारी प्रमुखको रुपमा भने सदस्य सचिव रहने व्यवस्था छ । उक्त पदको लागि स्नातक तह उत्तीर्ण भई खेलकुदको क्षेत्रमा अनुभवप्राप्त भएको हुनुपर्ने ऐनमा उल्लेखछ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे