प्रदेश खेलकुद परिषद् : सदस्य सचिवका लागि तछाडमछाड


प्रदेश खेलकुद परिषद् : सदस्य सचिवका लागि तछाडमछाड

तस्विर सौजन्य शीतलपाटी

नेपालगन्ज : यतिबेला देशभरका सबै प्रदेशमा विभिन्न संघ संगठन संस्थामा राजनीतिक नियूक्ति बुझनेहरूको जमात नै देखिएको छ । यस महान कार्यमा खेलकुद क्षेत्र पनि अछुतो देखिदैन् । यसरी राजनीतिक नियुक्तिका लागि कर्णाली प्रदेशमा कतिपय युवाहरू तछाडमछाड गरिरहेका छन् । दलका नेता देखि खेलाडी, समाजसेवीदेखि पुर्वकर्मचारी समेत जोडतोडका साथ लागेका छन् ।

वीरेन्द्रनगरमा यतिबेला सदस्य सचिवका लागि राजनीतिक लविङमा चर्कर्दै गएको छ । यसको थोरै झल्को प्रस्तावित लुम्बिनी प्रदेशमा पनि देखिन थालेको छ । प्रदेश सरकारले ‘कर्णाली प्रदेश खेलकुद परिषद्’ को सदस्य सचिवको नियुक्ति प्रक्रिया शुरु गरेसंगै खेल क्षेत्रमा तरङग मच्चिएको छ ।

सुर्खेत र यस आसपासका केही युवाहरूको नाम चर्चामा आएको छ । जसमा पछिल्लो लिष्टअन्तर्गत सुर्खेतका ऋषि गिरी, धनश्याम पाण्डे र रविन्द्र चन्द अलि बढी चर्चामा देखिएका छन् । गिरी र पाण्डे नकेपाका युवा नेता हुन् । चन्द भने पुर्व खेलाडी नै हुन् । प्रदेशसभाबाट प्रदेश खेलकुद विकास ऐन पारित भएपछि परिषद्को पूर्ण कार्यकारी पद सदस्य सचिव नियुक्तिको चर्चा शुरु भएको सुर्खेतका पत्रकार सुदीप पुरी बताउँछन् ।

पत्रकार पुरीकाअनुसार सामाजिक विकास मन्त्रालयले तत्कालिन निमित्त सचिव विष्णुप्रसाद अधिकारीको नेतृत्वमा छनौट समिति गठन गरेको थियो । अधिकारीसहित धावक हरिबहादुर रोकाया र भलिबल खेलाडी चन्द्रकुमार गिरी रहेको छनौट समितिले १० जिल्लाबाट संकलित डेढ दर्जन व्यक्तिमध्ये १० जनाको नाम सर्टलिस्ट गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

चर्चामा आएका नाममध्ये योग्यता, अनुभव र क्षमताको यतिबेला लेखाजोखा भैरहेको छनौट समितिका सदस्य चन्द्र गिरी बताउँछन् । चर्चामा रहेका खेल क्षेत्रमा गरेको योगदान र अनुभवलाई हेरेर सिफारिस गर्ने हो भने पुर्वखेलाडी चन्दको सम्भावना धेरै रहेको खेलप्रेमी बताउँछन् । तर, राजनीतिक नियक्ति र लविङ तथा पहुँच नै शक्ति केन्द्रीत हुँदा नेकपाका नेता ऋषि गिरीको सम्भावना देखिएको नेकपाकै एक समुहले बताएको छ ।

गिरी जिल्ला खेलकुद विकास समिति सुर्खेतका दुई कार्यकाल अध्यक्ष र फुटबल संघका पूर्वउपाध्यक्ष र फुटबलर पनि हुन् । नेकपा जिल्ला कमिटी सदस्य घनश्याम पाण्डे खेलकुद गतिविधिमा अनुभव र खासै सम्बन्ध नभएका व्यक्ति मानिन्छन । यद्यपि उक्त पदका लागि उनी अयोग्य चाँही होइन । उक्त पदमा भए पाण्डेले खेलकुदको विकासमा धेरै टेवा पु¥याउँन सकने आम नागरिकको बुझाई पनि छ ।

प्रदेश सरकारलाई सरोकारवालाहरुले भने खेल क्षेत्रमा संलग्न व्यक्तिलाई नै सदस्यसचिव बनाउन दबाब दिएका छन् । राजनीतिक कार्यकर्तालाई अन्य कुनै पदमा नियुक्त गर्न सकिन्छ, यसमा भने खेल क्षेत्र बुझेकै व्यक्ति हुनुपर्छ भनेर सुझाव दिएको खेलाडी अमर चन्द बताउँछन् ।
छनोट समितिले तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ ।

मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले एकजनालाई सदस्य सचिवमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ । ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन’ मा परिषद्को कार्यकारी प्रमुखको रुपमा एकजना सदस्य सचिव रहने प्रावधान छ ।

सामाजिक विकास मन्त्रीको अध्यक्षतामा गठन हुने ९ सदस्यीय प्रदेश खेलकुद परिषदमा एकजना उपाध्यक्षसहित मन्त्रालयका सचिव, समावेशी सिद्धान्तको आधारमा चारजना र अपांगता भएका एकजना गरी ५ जना सदस्य तथा एकजना सदस्यसचिव रहने व्यवस्था छ ।

परिषद्को पूर्णकालीन कार्यकारी प्रमुखको रुपमा भने सदस्य सचिव रहने व्यवस्था छ । उक्त पदको लागि स्नातक तह उत्तीर्ण भई खेलकुदको क्षेत्रमा अनुभवप्राप्त भएको हुनुपर्ने ऐनमा उल्लेखछ ।