काठमाडौं। यही असोज १८ गते उद्घाटन हुने नेपाली काँग्रेसको १५औं महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ। महाधिवेशन तयारीबारे शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले त्यसबारे जानकारी दिएका हुन्।
केही ठाउँमा बाहेक लगभग सबै क्षेत्रबाट महाधिवेशन प्रतिनिधहरू चुनिइसकेका छन्। यसरी देश तथा विदेशबाटसमेत गरी लगभग ७ हजार ७ सयभन्दा धेरै प्रतिनिधिहरू यो महाधिवेशनमा सहभागी हुनेछन्।
काठमाडौंको खुलामञ्चमा १८ गते हुने उद्घाटन शत्रका लागि काँग्रेसले देशका सबै राजनीतिक दलका प्रमुखहरू र विदेशी पाहुनाहरूलाई समेत निम्तो पठाइसकेको छ। केही विदेशी पाहुनाहरू काठमाडौं पुगिसकेका छन्।
त्यसलगत्तै १९ र २० गते बन्दशत्रका विभिन्न छलफलहरू हुनेछन्। त्यसका लागि प्रदेशगत र सामूहिकरुपमा समेत छलफलहरू हुनेछन्।
बन्दशत्रबाट नयाँ नीतिहरू, प्रतिवेदनहरू तथा महाधिवेशनका घोषणाहरू पारित भएपछि २१ र २२ गते नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम हुनेछन्।
यसपालि नेपाली काँग्रेसले उद्घाटनदेखि निर्वाचनसम्मै कुनै तामझाम देखाउने छैन। बाढीपहिराका कारण देशमा शोक परेका बेला कुनै पनि झाँकी वा जुलसलगायतका तामझाम नहुने प्रवक्ता चालिसेले बताए।
कुनै पनि उम्मेदवारहरूलाई पर्चा पम्प्लेटहरू नछाप्न आग्रह गर्दै उनले यसपालि डिजिटल प्रचारमै जोड दिन पनि अपिल गरे। महाधिवेशनका गतिविधिहरूको जानकारी दिनका लागि महाधिवेशन स्थलका विभिन्न ठाउँमा डिजिटल बोर्ड राख्ने तयारी पनि काँग्रेसले गरिरहेको छ।
उम्मेदवारका लागि काँग्रेसले बनाएका संहिता
१. तडकभडक र भड्किलो प्रचारप्रसारमा पूर्ण रोक, विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ।
२. प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण प्रतिबन्ध, महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निशेध गरिएको छ
३.महाधिवेशन स्थल बाहिर प्रचारप्रसार गर्न नपाइने, महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक वा आसपासका क्षेत्रहरूमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्रीहरू राख्न वा प्रदर्शन गर्न सख्त मनाही गरिएको छ।
४. डिजिटल तथा प्रविधिमैत्री प्रचारप्रसार मात्र अनुमति, उम्मेदवारहरूले आफ्ना एजेण्डा र उम्मेदवारी सम्बन्धी विवरण केवल डिजिटल माध्यम सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यम बाट मात्र सम्प्रेषण गर्न सक्नुहुनेछ।
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी